Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

वीरगंजमा पानी बचतका लागि सातदिने जनचेतना अभियान सुरु

spot_img
spot_img

वीरगंज । युनिसेफ नेपाल र वीरगंज महानगरपालिकाको संयुक्त पहलमा पर्सा जिल्लामा पानीको बचत र जिम्मेवार प्रयोगसम्बन्धी सातदिने जनचेतनामूलक अभियान सुरु गरिएको छ । अभियानमा नेपाल रेडक्रस सोसाइटी, नेपाल खानेपानी संस्थान, दिगो विकास स्रोत केन्द्र, र समाजिक संस्था जिल्ला समन्वय समितिको सहकार्य रहेको छ।

हाल बर्खाको मौसम हुँदा पनि तराई, विशेषगरी मधेश प्रदेश, गम्भीर पानी संकटको सामना गरिरहेकाले दीर्घकालीन समाधानका लागि विद्यालय र समुदायस्तरमै सचेतना फैलाउने लक्ष्यका साथ कार्यक्रम सुरु गरिएको हो ।

कार्यक्रमको प्रारम्भ नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय र अलपाइन स्कुलका विद्यार्थीहरूलाई व्यावहारिक तालिमबाट गरिएको थियो । प्रशिक्षणमा घरेलु पानी प्रयोगमा बचत गर्ने उपाय, वर्षा पानी संकलन, चुहिने धारा मर्मत, र पानी पुनः प्रयोगका तरिकाहरू समेटिएको थियो ।

तालिम कार्यक्रम नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाकी वरिष्ठ सदस्य गुड्डी साहको नेतृत्वमा सम्पन्न भएको थियो भने नन्दनी गुप्ता, प्रिया कुश्वाहा, दुलारचन प्रसाद र आनंद यादवले सहकार्य गरेका थिए ।

आयोजकहरूका अनुसार यस्तो सचेतनामूलक अभियानले दीर्घकालीन रूपमा जल संकट न्यूनीकरणमा सहयोग पुर्‍याउने विश्वास लिएको छ। यस्तै कार्यक्रमलाई मधेश प्रदेशका अन्य प्रभावित जिल्लामा पनि विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...