Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

बाराका आधा दर्जन पालिका पनि निमित्त प्रशासकीय अधिकृत कै भरमा

spot_img
spot_img

वीरगंज । मधेश प्रदेश अन्तर्गत पर्ने बारामा आधा दर्जन स्थानीय तहहरू हालसम्म पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् । कुल १६ वटा पालिकामध्ये ६ पालिकाले स्थायी प्रशासकीय प्रमुख नपाउँदा कार्यसम्पादन प्रभावित भएको छ भने स्थानीय तहमा सुशासन र पारदर्शिता अभाव देखिन थालेको छ ।

प्राप्त जानकारीअनुसार बाराका प्रसाैनी गाउँपालिका, फेटा गाउँपालिका, सुर्वण गाउँपालिका, करैयामाई गाउँपालिका, महागढीमाई नगरपालिका र सिम्रौनगढ नगरपालिका हाल निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा सञ्चालन भइरहेका छन् ।

हाल प्रसौनीमा श्याम किशोर प्रसाद, फेटामा पूर्ण प्रसाद तिवारी, सुर्वणमा सुजित कुमार यादव, करैयामाईमा बिरेन्द्र महतो, महागढीमाईमा लक्ष्मण साह र सिम्रौनगढमा मदन कुमार थापा निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा कार्यरत छन् । यस अधिकांश निमित्त प्रमुख प्रशासकीय अधिकृतहरु शिक्षा क्षेत्र कै कर्मचारी हुन् ।

यद्यपि सबै जना निमित्तका रूपमा कार्यरत भए पनि, महागढीमाईका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साहबाहेक अरू कसैले पत्राचारकाे साथै नेम प्लेटमा समेत “निमित्त” उल्लेख नगर्ने गरेको गुनासो आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि पालिकाहरूलाई निमित्त प्रमुखमार्फत कामकाज सञ्चालन गर्न अनुमति दिएको भए पनि लामो समयदेखि यस्तो व्यवस्थाले स्थायित्व र जवाफदेहिता अभाव गराएको सरोकारवालाहरू बताउँछन्।

स्थानीय तहमा दरबन्दी अनुसारकाे पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाको छानबिन, बजेट कार्यान्वयन, अनुगमन, जनगुनासो व्यवस्थापनजस्ता विषयमा प्रभाव परेको छ । साथै, अनियमितता बढ्ने सम्भावनासमेत देखिएको छ ।

यसतर्फ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भागवती न्यौपानेको ध्यान जानु आवश्यक देखिन्छ । दरबन्दीअनुसारकाे प्रमुख प्रशासकीय अधिकृत पठाउने व्यवस्था तत्काल मिलाइनु अहिलेकाे आवश्यकता बनेको छ, ताकि जनप्रतिनिधिको नेतृत्वमा सशक्त प्रशासनिक संयन्त्रमार्फत जनताको सेवा सहज रूपमा प्रवाह हुन सकोस् ।

यस्तै बारा कै पडाेसी जिल्ला पर्सामा पनि आधा पालिकाहरु निमित्त प्रमुख प्रशासकीय अधिकृत कै भरमा संचालन रहेका छन् । यस तर्फ पनि मन्त्री न्याैपानेकाे ध्यान जान जरुरी रहेकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी निरीक्षक जटाशंकर यादव ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

वीरगंज । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले २०८३ साल असार महिनाका लागि प्रहरी निरीक्षक जटाशंकर यादवलाई ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरेको...

आँपको बगैचामा लुकाएर राखिएको अवस्थामा छिपहरमाईबाट १४० किलो गाँजा बरामद

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित एक आँपको बगैचाबाट प्रहरीले १४० किलो लागूऔषध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...

रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको १०औँ पद हस्तान्तरण सम्पन्न, नयाँ नेतृत्वलाई जिम्मेवारी

वीरगञ्ज । रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको रोटरी वर्ष २०२६–२७ का लागि १०औँ पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएको छ। क्लबका...