Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

पर्साका आधा पालिकाहरू ‘निमित्त’ प्रमुख प्रशासकीय अधिकृतकै भरमा

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाका आधा स्थानीय तहहरू हाल ‘निमित्त’ प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् । जिल्ला अन्तर्गत १४ स्थानीय तहमध्ये ७ पालिकामा तहगत अनुसारकाे प्रमुख प्रशासकीय अधिकृत नहुँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षासेवा र अन्य तर्फका अधिकृतहरूलाई अस्थायी रूपमा जिम्मेवारी दिँदै आएको छ ।

वीरगंज महानगरपालिका लगायत पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका, छिपहरमाई गाउँपालिका, धाेबिनी गाउँपालिका, ठोरी गाउँपालिका र बिन्दवासिनी गाउँपालिका अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालनमा छन्।

वीरगंज महानगरपालिकामा हाल शिक्षा सेवा अन्तर्गतका कर्मचारी अरविन्दलाल कर्ण निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत छन् । उनी यसअघि सोही पालिकाको शिक्षा महाशाखा प्रमुखको जिम्मेवारीमा थिए ।

त्यसैगरी, पोखरिया नगरपालिकामा रामविनय सिंह, बहुदरमाई नगरपालिकामा बृजकिशोर प्रसाद, धाेबिनी गाउँपालिकामा अशोक राैनियार, छिपहरमाईमा कदिर बाबु देवान, ठोरीमा धर्मराज थापा, र बिन्दवासिनीमा श्याम बाबु साह कानु निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत छन्।

यीमध्ये अधिकांश कर्मचारीहरू शिक्षा क्षेत्र वा अन्य गैर–प्रशासनिक सेवा पृष्ठभूमिबाट आएका हुन् । उनीहरूलाई मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि तत्कालकाे लागि जिम्मेवारी दिएको हो । तर केही पालिकाहरु लामाे समयसम्म निमितकाे भर मै संचालन हुँदै आएपनि मन्त्रालयकाे ध्यान पुग्न सकेकाे छैन् ।

यद्यपि, उनीहरू सबैले आधिकारिक रूपमा ‘निमित्त’ उल्लेख नगरी ‘प्रमुख प्रशासकीय अधिकृत’ कै पदनाम प्रयोग गर्ने गरेको देखिएको छ । यसले प्रशासनिक स्पष्टता र उत्तरदायित्वको सवालमा प्रश्न उठाइरहेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नयाँ नेतृत्वमा आएकी मन्त्री भगवती न्यौपानेले अब यस अवस्थाको समाधानतर्फ कस्तो पहल गर्छिन् भन्ने विषय स्थानीयस्तरमा चासोको केन्द्र बनेको छ। अब पनि ‘निमित्त’ कै भरमा स्थानीय सरकार चलाइन्छ कि दरबन्दी अनुसार प्रमुख प्रशासकीय अधिकृत पदपूर्ति गरिन्छ ? — यो हेर्न बाँकी छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...