Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

जसपा प्रदेश अध्यक्षमाथिको मुद्दा फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी

spot_img
spot_img

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश कमिटीले प्रदेश अध्यक्ष अशोक यादवमाथि प्रहरीले चलाएको मुद्दा फिर्ता नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ। शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले उक्त मुद्दालाई ‘झुठा र प्रतिशोधपूर्ण’ भन्दै तत्काल फिर्ता लिन माग गरेको हो।

घटना त्यसबेला चर्चामा आयो जब जसपा प्रदेश अध्यक्ष अशोक यादव र सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खड्काबीचको गालीगलौज भएको अडियो सार्वजनिक भयो। अडियो सार्वजनिक भएपछि प्रहरीले यादवविरुद्ध मुद्दा दर्ता गरी खोजी जारी राखेको छ। उनी हालसम्म फरार अवस्थामा रहेका छन्।

पत्रकार सम्मेलनमा जसपा मधेश प्रदेशकी उपाध्यक्ष निर्मला यादवले अध्यक्ष यादव निर्दोष रहेको दाबी गरिन् । उनले भनिन्, “गत बिहीबार पूर्वाधार विकास कार्यालयमा रातिको समयमा ताला खोल्दै कार्यालय सञ्चालन गर्दा प्रहरीले सुरक्षा दिएको थियो। त्यही घटनाको बारेमा जानकारी लिन खोज्दा एसपी खड्काले ‘मधेशी हो’ भनेर अपमानजनक व्यवहार गरे।”

उनले एसपी खड्कामाथि नै कारबाही गर्नुपर्ने माग गर्दै प्रशासनलाई मुद्दा फिर्ता लिन आग्रह गरिन्। अन्यथा पार्टी आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिइएको छ।

जसपाले यस घटनालाई ‘मधेशी समुदायमाथिको हेपाहा प्रवृत्ति’ भन्दै पहिचान र सम्मानको मुद्दा फेरि उठाउने संकेत समेत गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...