Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

छोरीलाई बलात्कार गरी भिडियो बनाउने बुबा जेल चलान

spot_img
spot_img

वीरगंज । पर्सा जिल्ला अदालतले आफ्नै छोरीमाथि यौन दुव्र्यवहार गरी त्यसको भिडियो इन्टरनेटमा राख्ने व्यक्तिलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । बुधबार अदालतका न्यायाधीश प्रमेश पोखरेलको इजलासले ती व्यक्तिलाई हाडनाता बलात्कार, जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अभियोग लगाउँदै थुनामा राख्ने आदेश दिएको हो ।

पर्सा प्रहरी र साइबर ब्यूरो, काठमाडौं भोटाहिटीको संयुक्त टोलीले करिब चार हप्ता अघि वीरगंजको छपकैयाबाट ३४ वर्षीय ती पुरुषलाई पक्राउ गरेको थियो । उनीमाथि आफ्नै नाबालिग छोरीलाई यौन शोषण गरी भिडियो खिचेको र सो सामग्री ‘गुगल ड्राइभ’मा अपलोड गरेर राखेको आरोप छ ।

साइबर ब्यूरोले बाल यौन शोषण सामग्रीको अनलाइन ट्रेसिंग गर्ने क्रममा ती सामग्री फेला पारेपछि अनुसन्धान सुरु गरिएको थियो । प्राप्त प्रमाणका आधारमा ब्यूरो र पर्सा प्रहरीले संयुक्त रूपमा चैत २२ गते उनलाई नियन्त्रणमा लिएको हो ।
अदालतको आदेशपछि अब मुद्दाको अन्तिम फैसला नआउन्जेल ती आरोपी थुनामा नै रहनेछन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुरको छोट्की पिडारीमा १० लाखको लागतमा छठघाट निर्माण सुरु

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...

वीरगञ्ज भन्सारले असोजमा लक्ष्यभन्दा २६ करोड बढी राजस्व उठायो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले गत असोज महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ...

अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

वीरगञ्ज। अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा नेपाल भित्र्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले...