Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

जीतपुरसिमरामा कर्मचारी तहवृद्धि विवाद, सातौं तहका कर्मचारी असन्तुष्ट

spot_img
spot_img

ऐनले निर्देश गरेबमोजिम आठौं तहमा आफूहरुको तहवृद्धि हुनुपर्ने भएपनि उपमहानगरपालिकाले तहवृद्धि गर्न वेवास्था गरेको सातौं तहका अधिकृतले गुनासो गरेका छन् । मधेसका अन्य स्थानीय तहमा कार्यरत सातौं तहका अधिकृत कर्मचारीको आठौं तहमा तहवृद्धि भईरहदा जीतपुरसिमराले भने सोही ऐनलाई गलतरुपमा व्याख्या गरेर आफूहरुमाथि अन्याय गरेको उनिहरुको भनाई छ ।

त्यसो त सोही ऐनलाई टेकेर बरथहवा नगरपालिकाबाट केही दिन अघि आठौं तहका अधिकृत कर्मचारी संजय मैनाली जीतपुरसिमरामा सरुवा भएर आएपछि यहाँ कार्यरत सातौं तहका अधिकृत कर्मचारीको असन्तुष्टी अझै चुलिएको छ । पछि नियुक्ती लिएका कर्मचारी आठौं तहमा तहवृद्धि भएर आउँदा आफूहरु भने सातौं तहमै खुम्चनुपरेको अधिकृत रमेश सुवेदीले गुनासो गरेका छन् ।

‘ऐनले नदिने भन्दै हामीहरुको तहवृद्धि गर्न रोक लगाईएको छ’ अधिकृत सुवेदीले भने ‘तर सोही ऐनलाई टेकेर तहवृद्धि भएका आठौं तहका अधिकृतलाई हाजिर गराईन्छ । हाजिर गराईएका कर्मचारी हामीभन्दा पछि नियुक्ती लिएका अधिकृत हुन् । यो हामीमाथि गरिएको अन्याय होईन? ।’

सुवेदीका अनुसार मैनालीले २०७६ मंसिर २३ गते छैठौं तहमा नियुक्ती बुझेका थिए । मधेस सरकारले जारी गरेको ऐन अनुसार मैनाली सातौं हुँदै आठौं तहमा तहवृद्धि भएका हुन् । मैनाली कार्यरत बरहथवा नगरपालिकाले स्थानीय सेवा (गठन तथा संचालन) ऐन अनुसार तहवृद्धि गरेको हो ।

तर मैनाली भन्दा अघि अर्थात २०७६ मंसिर ११ गते नियुक्ती लिएका जीतपुरसिमराका छैठौं तहका अधिकृतहरु अहिले सातौं तहमै सिमित छन् । उनिहरुलाई आठौं तहमा तहवृद्धि गरिएको छैन । सोही ऐनलाई टेकेर ३३औं कार्यपालिका बैठकबाट सातौं तहमा तहवृद्धि गरिएको अधिकृतलाई आठौं तहमा तहवृद्धि गर्न सोही ऐन बाधक बनेको भन्दै रोकिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...