Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

मौलापुरको मधानी महायज्ञमा रवि किशन लगायतका चर्चित कलाकार आउँदै

spot_img
spot_img

वीरगंज । रौतहटको मौलापुर नगरपालिकामा हुने मधानी महायज्ञ यस बर्ष पनि आउँदो ११ फागुनदेखी सुरु हुने भएको छ । मौलापुर नगरपालिकाले मधानी महायज्ञको बारेमा जानकारी गराउन मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बाट नगरपालिकाको मेयर रिना साहले मधानी माहायज्ञको कार्यक्रम तालिका सार्वजनिक गरेकि हुन् ।

मधानी महायज्ञ भव्यरुपमा सम्पन्न गर्नका लागि तयारी तिब्र रुपमा भईरहेको जनकारी गराएकी मेयर साहले महायज्ञमा हिन्दी, भोजपुरी सिने जगतका चर्चित कलाकार एवं सांसद रवि किशन, भोजपुरी सिनेमा जगतका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डे आउन लागेको जानकारी दिएकी छन् ।

यसैगरी महायज्ञमा मिंटुवा भोजपुरीया, भाेजपुरी गायक सुनील पंडित, गायिका अनु चौधरी, कालाकारहरु सदाम हुसेन, रचना सिवाकोटी, प्रीति आर्या पासवान, गायक रुद्र नारायण तिवारी, प्रिया सुहानी, रोसनी राज, सरिता साह, अर्जुन बीसी, मनीषा राई, मोनालिसा सहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरुको समेत सहभागिता हुने मेयर साहले जानकारी गराइन ।

पत्रकार सम्मेलनमा मेयर साहले रौतहटको मौलापुर नगरपालिका स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न सरकारसंग माग गरेकी छन् । पतौरा स्थित महादेव मन्दिर एवं महायज्ञ सरकारले वेवास्ता गरेको गुनासो समेत उनले गरिन् । 

आउँदो फागुन ११ गतेदेखी सुरु हुन लागेको मधानी महायज्ञ पाँच दिनसम्म चल्ने छ । मेयर साहका अनुसार ११ फागुनमा उदघाटन समारोह, १२ फागुनमा शिव वारात यात्रा, १३ गते मधानी विशेष पुजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको छ ।

मधानी महायज्ञ आम जनता पार्टी (आजपा)का अध्यक्ष, संघीय सांसद तथा पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ । यस अघि महायज्ञमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी देखी लिएर पशुपतिनाथका मुल भट्ट पुजारीद्धारा बिधिपुर्वक पुजा आराधना भएको थियो । प्रत्येक बर्ष बिभिन्न बिशिष्ट व्यक्तित्वको सहभागिता हुदै आएको छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...