Date
आइत, अशोज ४, २०८३
Sun, September 20, 2026

सानो पाइलाकाे १८ औं वार्षिकोत्सव सम्पन्न, इम्प्याक्ट रिपोर्ट सार्वजनिक

spot_img
spot_img

वीरगंज । सामुदायिक संस्था सानो पाइलाले आफ्नो १८ औं वार्षिकोत्सव मनाएको छ । शनिवार वीरगंजमा आयोजित वार्षिकोत्सवको उद्‌घाटन समारोहमा सानो पाइलाले १८ वर्षमा गरेका कार्यक्रमहरू र आय-व्यय समेटेर तयार पारिएको इम्प्याक्ट रिपोर्ट सार्वजनिक गरेको थियो ।

इम्प्याक्ट रिपोर्ट अनुसार सानो पाइलाले हालसम्म दाताहरूबाट करिब ३५ करोड रूपैयाँ प्राप्त भएको र त्यतिकै हाराहारीमा कार्यक्रमहरू संचालनमा खर्च भएको जनायो । उद्घाटन समारोहका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले सानो पाइला १८ वर्ष पूरा भएको उपलक्ष्यमा शुभकामना दिँदै आउँदा दिनहरूमा समाजिक क्षेत्रमा अझै राम्रो काम गर्न सकोस् भन्ने चाहना व्यक्त गर्नुभयो ।

मेयर सिंहले भन्नुभयो, ‘सानो पाइला अब जवान भइसक्यो ।  यसलाई नयाँ पुस्ताले चलाइरहेका छन् । आउँदा दिनहरूमा नयाँ पुस्ताले समाजमा रहेका कुरितिहरू हटाउनेमा म विश्वस्त छु । सोही क्रममा वीरगंज महानगरबारे चर्चा गर्दै मेयर सिंहले आफूले तुलनात्मकरूपमा राम्रो काम गरिरहेको दाबी गर्नुभयो । वहाँले नयाँ पुस्तासँग काम गर्न र उनीहरूका सकारात्मक काममा साथ दिन आफू सधैं तयार रहेको पनि बताउनुभयो ।

‘म कर्ममा विश्वास गर्ने मान्छे हु । काम गर्दा कुनै त्रुटि भए सच्च्याउन तयार छु । तर कसैले जबरजस्ती त्रुटि हो भन्न लगाउँछ भने म मान्न तयार छैन । वैभव वीरगंज बनाउन हामी सबै एकढिक्का होऔं भन्न चाहन्छु ।’ 

सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले सकारत्मक सोच र उर्जा लिएर अघि बढिरहेको भन्दै सानो पाइलाका कामहरूको सराहना गर्नुभयो । वहाँले आफू सानो पाइलासँग मिलेर काम गर्न इच्छुक रहेको बताउँदै युवाहरू लक्षित प्रभावकारी परियोजना लिएर आफूकहाँ आउन आग्रह गर्नुभयो ।

पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले उद्यमशिलतालाई प्राथमिकता दिएकोमा सानो पाइलालाई धन्यवाद भन्नुभयो । वहाँले आफ्नो पालिकाभित्रका महिला उद्यमीहरूले उत्पादन गरिरहेका सामग्रीहरूको बजारीकरण र व्यवसायिकिकरणमा सानो पाइलाले साथ दिइरहेको जानकारी पनि गराउनुभयो ।

सानो पाइलाका संस्थापक अध्यक्ष कञ्चन झाले सुदृढ प्रणाली बसाएकै कारण सानो पाइला यहाँसम्म पुग्न सफल भएको भन्दै जहिले पनि विधि-विधानको पालना गर्दै अघि बढ्‌न संचालक समिति र कर्मचारीहरूलाई सुझाव दिनुभयो । संस्थापक अध्यक्ष झाले करिब १३ वर्ष कार्यकारी पदमा रहेर सानो पाइलालाई सफल नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

२३ वर्षको उमेर हुँदा हामीले सानो पाइला सुरु गरेका थियौं । झन्डै १३ वर्ष नेतृत्वदायी भूमिकापछि मैले ४ वर्ष अघि कार्यकारी भूमिकाबाट हटेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरें । मैले नेतृत्व गर्दाको उमेरकै युवाले अहिले सानो पाइला हाँकीरहनुभएको छ । म चाहन्छु, अरू क्षेत्रमा पनि पुस्तान्तरणको कुरालाई ध्यान दिइयोस् ।’

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष, समाजसेवी एवम् साहित्यकार गणेशप्रसाद लाठले सानो पाइलाका सुरुआती सङ्घर्षका दिनहरू स्मरण गर्दै दृढ संकल्प र प्रतिज्ञाकै कारण सानो पाइला यहाँसम्म आइपुगेको बताउनुभयो । सुरुआतमा आर्थिक स्रोत जुटाउन हम्मेहम्मे पददिखि नै आफू सानो पाइलाको काम गराइबाट प्रभावित भएको बताउँदै भविष्यमा पनि साथै रहने प्रतिबद्धता जनाउनुभयो ।

शिक्षाविद् राजेन्द्र प्रसाद कोइरालाले सानो पाइलाले १८ वर्षमा उल्लेखनीय काम गर्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो । वहाँले वीरगंजमा रहेर सामाजिक क्षेत्रमा क्रियाशिल संस्थाहरू एकीकृत भएर अघि बढ्न सके समाजमा छिटै सकारात्मक परिवर्तन ल्याउन सक्ने जिकिर गर्नुभयो ।

सानो पाइलाका अपरेसन हेड विकेक कर्णले सानो पाइलाले गरिरहेका कामहरूबारे जानकारी गराउँदै सहयोगी तथा सुभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

सानो पाइलाका सभापति सुदीप लामा तामाङकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पटेर्वा सुगाैली गाउँपालिकाका अध्यक्ष दिनेश चाैधरी, नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगाेपाल थापा, नेकपा एमाले पर्साका सचिव महेश दास, समाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवान, दिव्य विकास स्राेत केन्द्र बिरन्चीबर्वाका कार्यकारी निर्देशक रामाकान्त पटेल लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।

उद्घाटन सत्र पत्रकार सूर्य नारायण विक शुभचिन्तक’ ले सञ्चालन गर्नुभएको थियो । उद्घाटन समारोहमा संस्थाले गरिरहेका गतिविधिहरू समेटिएको वृत्तचित्र, सानो पाइलाको सानो घरमा रहँदै आएकी अन्तर्राष्ट्रिय चेस खेलाडी सनम श्रेष्ठको वृत्तचित्र पनि देखाइएको थियो ।

संस्थापकहरू सुविर घोष, उपाध्याय, संस्थापक सल्लाहकार अरविन्द सिंह सहित सानो पाइलाका महत्वपूर्ण दाता डोनाल्ड ग्रयाग्ले भिडिओ सन्देशमार्फत सानो पाइलालाई शुभकामना दिनुभएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...

२०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाल विजयी

काठमाडौँ । जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ । नेपालले आज क्लासिफिकेसन खेलमा कीर्गिस्तानविरुद्ध ३–० को सोझो...