Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कम्प्युटर एशोसिएशन महासंघ पर्साकाे अध्यक्षमा सक्सेना र सचिवमा साह

spot_img
spot_img

वीरगंज । कम्प्युटर एशोसिएशन महासंघ पर्साको चाैथाे जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । वीरगंजमा सम्पन्न अधिवेशनले संजय कुमार सक्सेनाकाे अध्यक्षतामा ९ सदस्यीय कार्य समिति निर्विराेध निर्वाचित भएका छन् ।

नवनिर्वाचित समितिकाे उपाध्यक्षमा गणेश कुमार साह साेनार, सचिवमा राहुल कुमार साह, काेषाध्यक्षमा सुरजबाबु पटेल, सदस्यहरुमा अर्जुन कुमार साह, राकेश कुमार साह, बिक्रम जैन, प्रकाश कुमार मिश्र र राेशन चाैधरी रहेकाे निर्वाचन समितिका संयाेजक ईमामुदिन अहमदले जानकारी दिए ।

महासंघ पर्साका निर्वतमान अध्यक्ष प्रशान्त साहकाे अध्यक्षता र कम्प्युटर एशाेसियसन महासंघका केन्द्रिय सदस्य दिपक साहकाे प्रमुख आतिथ्यतामा भएकाे अधिवेशनमा आईपिपि मधेश प्रदेशका पूर्व अध्यक्ष आलाेक चाैरसिया, आइपिपि मधेश प्रदेशका सचिव गणेश ठाकुर, कम्प्युटर एशाेसियसन महासंघ बाराका अध्यक्ष संजय केशरी, प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तव, समाजवादी प्रेस संगठन नेपाल, पर्साका अध्यक्ष शम्भु कुमार सुमन लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...