Date
आइत, चैत्र १५, २०८२
Sun, March 29, 2026

अवकाश प्राप्त शिक्षक अन्सारीकाे बिदाई

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ५ मा रहेकाे श्री अजिज मियाँ माद्यमिक विद्यालयका अवकाश प्राप्त शिक्षक गफुर मियाँ अन्सारीकाे साेमबार एक कार्यक्रमकाे बिच बिदाई गरिएकाे छ ।

- Advertisement -

नि.मा.वि. दितिय श्रेणिको शिक्षक अन्सारी ३६ वर्ष सेवा अवधि पूरा गरि शिक्षा क्षेत्रबाट अनिवार्य अवकाश भएपछि विदाई गरिएकाे विद्यालयका प्रधानाध्यापक जितेन्द्र रामले जानकारी दिए । अवकाश प्राप्त शिक्षक अन्सारीलाई सम्मान पत्र र दोसाला ओढाई सम्मान समेत गरिएकाे थियाे ।

साे अवसरमा शिक्षक अन्सारी भाउक हुँदै आफ्ना सहकर्मी शिक्षा तथा विद्यार्थीहरुलाई आफ्नो परिवार छुटेको वताए । कार्यक्रममा वाेल्ने अन्य वक्ताहरुले शिक्षण देशको भविष्य निर्माण गर्ने पेशा भएकाे वताए । वक्ताहरुले अवकाश प्राप्त शिक्षक अन्सारीकाे याेगदानकाे बारेमा चर्चा समेत गरेका थिए ।  

प्रधानाध्यापक रामको सभापतित्व र जिल्ला शिक्षा समन्वय ईकाई पर्साका प्रमुख मोति प्रसाद भट्टराईकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा नेपाल शिक्षक महासंघ पर्साका सचिव बिनोद गिरी, वडाध्यक्ष मनौवर अहमद, विद्यालय व्यवस्थापन समितीका सदस्य नरेश प्रसाद कुर्मी, मनेस ठाकुर, धोबिनी गाउँपालिका शिक्षक माहासंघका अध्यक्ष महमद आरिफ अन्सारी, एमालेका नेता सलाउदिन अहमद, जग्गा दाता फिरोज अहमद, मिरोज अहमद लगायतकाे उपस्थिती रहेकाे थियाे ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ओली र लेखकको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, साेमबार सुनुवाइ

काठमाडौँ । केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ। अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले ओलीलाई गैरकानुनी रूपमा...

पीडित हरिकलाका अभिभावकलाई ५० हजार सहयोग

वीरगंज । श्रीमतीमाथि क्रूर आक्रमण गरी खुट्टा काटिएको घटनाकी पीडित हरिकला देवी सहनीका अभिभावकलाई आर्थिक सहयोग प्रदान गरिएको छ। पर्साको पर्सागढी नगरपालिका–३, विरुवा टोल निवासी...

श्रीमतीमाथि क्रूर आक्रमण गरी खुट्टा काट्ने श्रीमान पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले आफ्नै श्रीमतीमाथि क्रूर आक्रमण गरी खुट्टा काट्ने श्रीमानलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार मिति २०८२ चैत १ गते...