Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

सिकटामा जाली नोट सहित दुई जना पक्राउ

spot_img
spot_img

सिकटा ।  सीमावर्ती बजार सिकटास्थित भारतीय सुरक्षा बल (एसएसबी)ले भारतीय जाली नोटसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। बुधवार साँझ नेपालको भिस्वाबाट मोटरसाइकलमा सिकटातर्फ गइरहेका दुईजनालाई चेकजाँच गर्दा उनीहरूबाट भारु ५०० का २० थान जाली नोट बरामद भएको एसएसबीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरू नरकटियागंज शिकारपुर थाना क्षेत्र अन्तर्गत सोफवा गाउँ निवासी दीपक तिवारी र सर्फुद्दीन आलम भएको एसएसबीका सहायक सेनानायक गुलाबकुमार चौधरीले जानकारी दिए। उनले बरामद जाली नोट र पक्राउ परेका दुवै व्यक्तिलाई सिकटा प्रहरीको जिम्मा लगाएर कानुनी प्रक्रिया अघि बढाइएको बताए।

सिकटा थानाध्यक्ष राज रोशनका अनुसार प्रारम्भिक अनुसन्धानले उनीहरू जाली नोट कारोबारमा संलग्न भएको र सीमावर्ती क्षेत्रमा यस किसिमको अवैध सञ्जाल विस्तारमा सक्रिय रहेको पुष्टि भएको छ। थानाध्यक्षले पक्राउ परेका तिवारी र आलमविरुद्ध आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण, संवद्र्धन, उत्थान तथा प्रवद्र्धनमा साहित्यिक पत्रकारिता क्षेत्रले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित

काठमाडौँ । जापानको नागोयामा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले थाइल्यान्डमाथि जित हासिल गरेको छ । जापानको टोकाइ सिटिजन जिम्नेसियममा आज...

सर्लाही र सिन्धुली जोड्ने सडक पहिरोका कारण अवरुद्ध

सर्लाही । सर्लाहीको बागमती र सिन्धुलीको हरिहरपुरगढी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ । गत शनिबार वर्षासँगै गएको पहिरोबाट बागमती नगरपालिका–११ का विभिन्न...