Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

तस्करहरुलाई संरक्षण गर्ने अधिकृत भण्डारी पथलैया मै बस्न शक्ति केन्द्रमा पैरवी गर्दै

spot_img
spot_img

वीरगंज । प्रशासन समूह तर्फ जागिरमा प्रवेश गरेर राजस्व सेवा समूहमा आएका एक कर्मचारीले व्यापारी वर्गमा फैलाएको आतंकपूर्ण गतिविधिका गुनासाहरू बढ्दै गएपछि सामान्य प्रशासन मन्त्रालयले उनको सरुवा गरेको छ ।

राजस्व अनुसन्धान कार्यालय पथलैयामा कार्यरत शाखा अधिकृत रेशम भण्डारीलाई संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाले हिजो भदौ १४ गते सरुवा गरेपछि भण्डारीले राजस्व अनुसन्धान कार्यालय पथलैयामै कायम रहन शक्ति केन्द्रमा पैरवी गर्न थालेका छन् ।

भण्डारी राजस्व अनुसन्धान कार्यालय पथलैयामा आए देखि नै उद्योगी व्यवसायीमा त्रास फैलाएर तस्करहरूलाई संरक्षण गरिरहेको भन्ने विषय व्यापारीहरूबीच चर्चा चल्ने गरेको छ ।

सोही क्रममा भण्डारी र नासु आमिर दाहालले २०८० चैत्र ८ गते वीरगंजका चर्चित उद्योगी भिखम चन्द अग्रवालको स्वामित्वमा रहेको मुक्ति आयल, मुक्ति दाल मिल र मुक्ति राइसमा छापामारी गर्दा तीन वटै फर्मको खातावही लगायतका कागजातहरू एकै ठाउँबाट नियन्त्रणमा लिएर गएपनि व्यापारी अग्रवाल सँग सेटिंग गरि तत्काल दुई वटा फर्मको कागजातहरू फिर्ता गरेका थिए भने अर्को फर्ममा पनि कैफियत नदेखाएको राजस्व अनुसन्धान स्रोतबाट बुझिन आएको छ ।

त्यसैगरी हालै नेपालको प्रतिष्ठित उद्योग हिमाल स्टीलमा पनि भण्डारी र दाहालले छापामारी गरि कागज़ पत्र नियन्त्रणमा लिई बार्गेनिङ गरिरहेको सम्बद्ध स्रोतले जनाएको छ ।

त्यसैगरीले नियन्त्रणमा लिएका कतिपय गाडीहरूको दर्ता नै नगरी सेटिंग गरेर छाड्ने गरेको प्रमाण सार्वजनिक भएको थियो ।
यति मात्र नभई भण्डारीले रात्री गस्तीको नाममा समेत आतंक फैलाइरहेको ट्रांसपोर्ट व्यवसायीहरूले गुनासो गरेका छन् ।

भण्डारीले बारा, पर्सा, रौतहट, सर्लाहीलगायत विभिन्न जिल्लाबाट आउने मालबाहक गाडीलाई रात्री गस्तीको नाममा अमलेखगंजमा चेक जाँचको बहानामा रोक्ने जसमध्ये तस्करी र कैफियत देखिएकाहरूबाट तुरुन्त पैसा लिएर छाड्ने र बिना कैफियतका गाडीहरूलाई नियन्त्रणमा लिएर दुःख दिने गरेको गुनासा सुनिँदै आएको छ । भण्डारीले नियन्त्रणमा लिएको गाडीबाट केहि फेला नपर्दा पनि कम्ति मेस खर्च पनि असुल्ने गरेको साहुहरूले गुनासा गर्ने गरेका छन् ।

प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलगायतले व्यापारी, व्यवसायी र सर्वसाधारणलाई सहजता प्रदान गर्न तथा तस्करी नियन्त्रणमा कड़ाई गर्न निर्देशन दिएको भएपनि भण्डारी जस्ता कर्मचारीहरू सरकारको निर्देशनको अवज्ञा गरिरहेका छन् ।

तिनै भण्डारीको उद्योग मन्त्रालय सरुवा गरिएपनि उनी राजस्व अनुसन्धान कार्यालय पथलैयामा थमौती गराउन शक्ति केन्द्रमा पैरवी गराईरहेको स्रोतबाट बुझिन आएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...