Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

दलित समाज कल्याण संघ पर्साको नाैं जिल्ला अधिबेशन सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ पर्साको नाैं जिल्ला अधिबेशन बिहिबार सम्पन्न भएको छ । वीरगंजकाे प्रसाैनीमा आयोजित सम्पन्न जिल्ला अधिबेशनले बुनेल रामको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।

जुन समितिको उपाध्यक्षमा निलम देबि, सचिवमा रामबेनेस पासवान, सह-सचिवमा उपेन्द्र राम, कोषाध्यक्षमा रम्भा देबि माझी र सदस्यमा क्रमश शिवदत राम, रन्जु राम, उमेश राम, उर्मिला देबि धाङड, कृष्णा पासवान, ममता पासवान चयन भएका छन् ।

संघको जिल्ला अध्यक्ष रामराज्य रामको अध्यक्षता र संघको केन्द्रिय उपाध्यक्ष मान बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यमा भएकाे अधिवेशनमा दलित अगुवा एवं सन्चारकर्मी बृजलाल पासवान लगाएतले मन्तव्य ब्यक्त गरेका थिए भने कार्यक्रमकाे संचालन कृष्णा पासवानले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...