Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

मधेसमा भ्रष्टाचारको विरोधमा माेर्चाले अभियान शुरु गर्छ : मातृका यादव

spot_img
spot_img

वीरगंज । नेकपा माओवादी केन्द्र पार्टीका उपमहासचिव मातृका प्रसाद यादवले मधेसमा भ्रष्टाचार र सुशासन कायम गर्नका लागि नयाँ आन्दोलनको शुरुवात गर्ने बताएका छन् ।

मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपालको वीरगंजमा आयोजना हुने विस्तारित बैठकको विषयमा जानकारी दिन बिहिबार आयोजना गरिएकाे पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले जनयुद्ध, जनआन्दोलन र विभिन्न आन्दोलनहरुबाट व्यावस्था परिवर्तन भएपनि मधेसको अवस्था अझै उस्तै रहेको र दलाल नोकरशाह पुँजीपति वर्गको कब्जामा देश गएको भन्दै त्यसको भण्डाफोर गर्न मधेसमा भ्रष्टाचार विरोधी कार्यक्रम चलाउने उद्घाेष गरे ।

मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपालका इञ्चार्ज समेत रहेका नेता यादवले सामन्तवाद, मधेस कंगालीको अवस्थामा पुगेको भन्दै राष्ट्रिय पूँजीको विकास विना देशको समृद्धि सम्भव नरहेको र विचार शुन्यताको अवस्थामा बोलवालाहरुका कारण उत्पीडित वर्गहरु झन उत्पिडनमा परेको बताए ।

नेता यादवले राजनीतिलाई कमाई खाने साधन बनाएर राजनीति नै फोहोरी खेल हो भन्ने भाष्य सृजना गरी जनतालाई संघीयता र गणतन्त्रको विपक्षमा पार्न भ्रमका जालहरु बुनिरहेको बताए । नेपालमा सबैभन्दा उपेक्षित मधेश र मधेशी नै भएकोले यसको उत्थानका लागि मधेशी राष्ट्रिय मुक्ति मोर्चालाई पुर्नजीवन दिनु आवश्यकता महशुल गरेर यसको अभियान शुरु गर्न लागिको जानकारी दिए ।

उनले अहिले नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व मात्रै गरिरहेको र शान्ति प्रकृयाका कार्यभार पूरा गर्न बाँकी रहेको र केही शान्ति विरोधी तत्वहरुले पूराना मुद्दाहरु उल्टाउने षड्यन्त्र पनि गरिरहेकोले त्यसको लागि पनि अहिलेको सरकारको मोर्चा बनाउनुपर्ने विवसता माओवादीको रहेको बताए ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज नीरज पिठाकोटेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज विजय महतो, मोर्चाका संयोजक तथा सांसद जगत यादव, सहसंयोजक नन्दकिशोर यादव र विश्वदिप यादव, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई लगायतको उपस्थिती रहेकाे थियो । पत्रकार सम्मेलनकाे संचालन प्रेस सेन्टरका सचिव शिवनाथ यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...