Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

परवानीपुर गोल्डकप : हेटौंडा फुटबल एकेडेमी मकवानपुर विजयी

spot_img
spot_img

वीरगंज । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुर विजयी भएको छ । शक्ति युवाको आयोजनामा जारी प्रतियोगितामा चिडिया दह स्टार क्लब रौतहटलाई हेटौंडा फुटबल एकेडेमीले ट्राईब्रेकरमा ४ – २ गोल अन्तरले हराएको हो ।

परवानीपुर खेल मैदानमा भएको खेलमा पहिलो हाफको १९ औ मिनेटमा चिडिया दह स्टार क्लब रौतहटका जर्सी नम्बर ७७ का खेलाडी गणेश धामीले पहिलो गोल गरे । सुरु देखिको खेलमा दबाबमा रहेको हेटौंडा फुटबल एकेडेमी मकवानपुरले खेलको २२ औं मिनेटमा आफ्नो गोल गरेको थियो ।

आफ्नो पहिलो गोल हेटौंडा फुटबल एकेडेमी मकवानपुरका जर्सी नम्बर १३ का खेलाडी दाबा लामाले गरेर खेलमा फर्केका थिए । खेलको ५० औं मिनेटमा हेटौंडा फुटबल एकेडेमी मकवानपुरका जर्सी ९ का खेलाडी अन्जन बछारले गोल गरेर टिमलाई अग्रता दिलाए ।

खेलको ६४ औं मिनेटमा चिडिया दह स्टार क्लब रौतहटका जर्सी नम्बर १७ का विवेक बिकले गोल गरेर खेललाई बराबरीमा पुर्याए । आजको खेलको निर्धारित ९० मिनेटको समयमा दुबै टिम २-२ गोल गरेर बराबरीमा खेलपछी खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।

ट्राईब्रेकरमा चिडिया दह स्टार क्लब रौतहटका खेलाडी मध्ये दुई खेलाडी बल पोस्ट बाहिर हानेका थिए । भने हेटौंडा फुटबल एकेडेमी मकवानपुरका खेलाडी सबै बल पोस्टको जाली चुमाएका थिए । आजको खेलको म्यान अफ दि म्याच हेटौंडा फुटबल एकेडेमी मकवानपुरका गोलकिपर अस्बिर गुम्बा घोषित भए ।

गुम्बालाई परवानीपुर निवासी मनी आलमले २ हजार १ सय नगद सहित र ट्रफी प्रदान गरे । भोलिको खेल वीरगंज युनाइटेड क्लब वीरगंज र नव जन जागृती क्लब सिमरा बीच हुने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले बताए ।

चैत १० गते चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब, वीरगंज युनाइटेड एफसी, हनामी भरतपुर फुटबल क्लब चितवन, वीरगंज युथ एकेडेमी, हेटौंडा फुटबल एकेडेमी मकवानपुर, नव जन जागृती युवा क्लब सिमरा, चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी हुनेछन ।

प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने आयाेजकले जनाएकाे छ । प्रतियोगितामा खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...