Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

तेस्रो परवानीपुर गोल्डकपको उद्घाटन खेलमा वीरगंज युथ एकेडमी विजयी

spot_img
spot_img

वीरगंज । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको उद्घाटन खेलमा वीरगन्ज युथ एकेडमी विजयी भएको छ । शक्ति युवा क्लबको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगीतामा आयोजक शक्ति युवा क्लबलाई वीरगंज युथ एकेडमीले ट्राईब्रेकरमा ४ –२ गोल अन्तरले हराएको हो ।

परवानीपुर खेल मैदानमा सुरु भएको खेलमा पहिलो हाफमा शक्ति युवा क्लबले २ गोल अन्तरले अग्रता बनाएको थियो । पहिलो हाफको १४ औ मिनेटमा शक्ति युवा क्लबका जर्सी नम्बर १४ का खेलाडी अजय कुमारले पहिलो गोल गरे । खेल सुरु भएको समय देखि दबादमा रहेको वीरगंज युथ एकेडमीले खेलको १९ औ मिनेटमा एक खेलाडी परिवर्तन गरेको थियो ।

दबाबमा रहेका वीरगंज युथ एकेडमीमाथी हाबि बनेको शक्ति युवा क्लब २४ औ मिनेटमा पुन दोस्रो गोल गर्यो । दोस्रो गोल ट्राईबे्रकरमा जर्सी नम्बर ९ का खेलाडी संघर्ष मगरले गोल गरेका थिए । खेलको दोस्रो हाफको सुरु मै ५० औ मिनेटमा वीरगंज युथ एकेडमीका जर्सी नम्बर २० का खेलाडी आकाश पासवानले आफ्नो टिमको पहिलो गोल गरे ।

दोस्रो हाफमा शक्ति युवा क्लब माथी वीरगंज युथ एकेडमी दबाद बनाउदै लगेको थियो । खेलको ५५ औ मिनेटमा जर्सी नम्बर ११ का खेलाडी कृष्णा शाक्यले गोल गर्दै खेल बराबरीमा फर्कोए । निर्धारित ९० मिनेटको खेलमा दुबै टिम २–२ गोल गर्दै बराबरी खेलेपछि खेल ट्राईबे्रकरमा धकेलिएको थियो ।

ट्राईबे्रकरमा शक्ति युवा क्लबका पाँच जना खेलाडी मध्ये तीन खेलाडी पोष्ट बाहिर बल हानेपछि पराजित हुन पुगेको हो । ट्राईबे्रकरमा वीरगंज युथ एकेडमीका पाँच जना खेलाडी मध्ये चार खेलाडी गोल जालीमा हानेका थिए । भोलीको खेल हेटौंडा फुटबल एकेडेमी मकवानपुर र चिडिया दह स्टार क्लब रौतहट बिच हुने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले बताए ।

चैत १० गते सम्म चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगंज युनाइटेड एफसी , वीरगंज युथ एकेडेमी, नव जन जागृती युवा क्लब सिमरा, चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी हुनेछन ।

यस्तै बाग्मति प्रदेशको हनामी भरतपुर फुटबल क्लब चितवन ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर भाग लिनेछन । यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने उनले बताए ।

त्यस्तै प्रतियोगितामा खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको प्रतियोगिता सहसंयोजक दिपक यादवले बताए । तेस्रो परवानीपुर गोल्डकप फुटबल उद्घाटन परवानीपुर गाँउपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले गरेका थिए ।

प्रतियोगीताका संयोजक सुबोध श्रीवास्तवको अध्यक्ष्तामा भएको कार्यक्रममा नेकपा एमालेका नेता रामपाल यादव , मोबिन आलम , सोचन यादव, राजेन्द्र यादव, नेपाली कांग्रेसका नेता विजय गुप्ता, हबिब मियाँ लगायतका विभिन्न वडाका वडाअध्यक्ष, स्थानीय नेता तथा समाजसेवीहरु सहभागी थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...