Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

जीतपुरसिमरा महोत्सव सुरु, मुख्यमन्त्री यादवले गरे उद्घाटन

spot_img
spot_img

वीरगंज । बाराको जीतपुरसिमरा उमपहानगरपालिका वडा नम्बर ३ मा शुक्रबारदेखि जीतपुरसिमरा महोत्सव २०८० शुरु भएको छ । महोत्सवको एक कार्यक्रमकाबिच मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले उद्घाटन गरेका हुन् ।

महोत्सवको उद्घाटन गर्दै यादवले खस्किदै गरेको अर्थतन्त्रलाई महोत्सवले टेवा पुर्याउने बताए । मधेश प्रदेशलाई केन्द्र सरकारले बिभेद गर्दैै आएको भन्दै मुख्यमन्त्री यादवले प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

उनले जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अधुरो भवन निर्माण गर्न २५ लाख रुपैया सहयोग गर्ने समेत प्रतिवद्धता जनाए । कार्यक्रममा बोल्दै बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ किशानले मधेशको विकासमा संघिय सरकारले विशेष भुमिका खेल्नुपर्ने बताए ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा भएकाे कार्यक्रममा बारा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी शाह, मधेश प्रदेशकी पर्यटन मन्त्री सुनिता कुमारी यादव, संविधान सभा सदस्यहरु शोभाकर पराजुली, जयराम दहाल, मधुशाही ठकुरी, बारा क्षेत्र नम्बर ४ क का प्रदेश सभा सदस्य देव नारायण चौधरी, उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...