Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

टिकटक बन्द गर्ने सरकारकाे निर्णय स्वागत योग्य : प्रदीप यादव

spot_img
spot_img
वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले नेपालमा टिकटक बन्द गर्ने सरकारकाे निर्णयकाे स्वागत गरेका छन‍् ।
 
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले टिकटक बन्द गर्ने निर्णय लिएको छ । त्यसको समर्थनमा  सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पुर्व वनमन्त्री एंव पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहेका यादवले टिकटक बन्द गर्ने सरकारकाे निर्णयकाे स्वागत गरेका हुन् ।
 
उनले टिकटक बन्द गर्ने निर्णय गरेकाेमा सरकारलाई धन्यवाद पनि दिएका छन्।
 
सामाजिक सञ्जाल फेसबुकमा यादवले लेखेका छन्,‘धन्यवाद नेपाल सरकार । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सो निर्णय स्वागत योग्य छ । नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छू।’
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...