Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

मैत्रीपूर्ण महिला फुटबलमा बिहारलाई हराउँदै वीरगंज विजयी

spot_img
spot_img

वीरगंज ।  वीरगंजमा शुक्रबार नेपालको वीरगंज र भारत बिहारको महिला फुटबल टिमबिच भएको मैत्रीपूर्ण खेलमा वीरगंज विजयी भएको छ । प्रथम वीरगंज गोल्डकप फुटबल २०८० अन्तर्गत शुक्रबार भएको मैत्रीपूर्ण खेलमा भारतको बिहारलाई २–० ले हराउँदै नेपालको वीरगंज युथ एकेडेमी विजयी भएको हो ।

वीरगंजकाे आदर्शनगर रंगशालामा भएको मैत्रीपूर्ण खेलमा वीरगंजकाे जीतमा अनिषा मगर र कविता गुरुंगले गोल गरेका हुन् । कूल ७० मिनेट खेलाइएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

वीरगंजले दुवै गोल दोश्रो हाफमा गरेको हो । खेलको ४७ औं मिनेटमा सुनिता सुनारलले दिएको पासमा अनिषाले गोल गर्दै आफनो टिमलाई १–० को अग्रता दिलाएकी थिइन् । खेलको ६१ औं मिनेटमा कविताले थप एक गोल गर्दै वीरगंजलाई २–० को जीत दिलाउन सफल भइन् ।

उक्त मैत्रीपूर्ण खेलको वुमेन अफ दी म्याच वीरगंजकाे लागि दोश्रो गोल गरेकी कविता गुरुंग घोषित भइन् । मैत्रीपूर्ण खेलको विजेता र उपविजेता दुवै टिमलाई आयोजक भेट्रान सिटी क्लबले ट्रफी र मेडल प्रदान गरेको थियो । कात्तिक १८ देखि जारी वीरगंज गोल्डकप फुटबलको उपाधिका लागि फाइनल खेल शनिबार हुदैछ ।

फाइनलमा पुलिस क्लब र आर्मी क्लब भिड्दै

उपाधिका लागि शनिबार दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् । मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन् ।

वीरगंज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उपाधि उपविजेता टिमले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँका साथै शील्ड र मेडल प्राप्त गर्नेछन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...