Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

त्रिभुवन आर्मी क्लब पनि वीरगंज गोल्डकपकाे फाईनलमा

spot_img
spot_img

वीरगंज । त्रिभुवन आर्मी क्लब प्रथम वीरगंज गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । संकटा क्लबलाई १–० गोलले हराउदै त्रिभुवन आर्मी क्लबले फाईनलमा प्रवेश गरेको हो ।

९० मिनेटको निर्धारित समयमा खेलको पहिलो हाफको २२े गोल गरेर जितेको हो । त्रिभुवन आर्मी क्लबका जर्सी नम्बर ३० का खेलाडी रिपु बलोनले गरेको गोल नै अन्तिम सम्म निर्णायक रहेको थियो ।

त्रिभुवन आर्मी क्लब सुरुको समयदेखि संकटा क्लब माथी हाबि बनेको थियो । संकटा क्लबका खेलाडी पटक पटक त्रिभुवन आर्मी क्लबको पोष्टमा बल हानेपनि गोल गर्न सकेका थिएनन् ।

खेलको म्यान अफ दी म्याच नेपाल पुलिस क्लबका जर्सी नम्बर ३० का खेलाडी रिपु बलोन घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

बुधबार भएको पहिलो सेमिफाईन खेलमा नेपाल पुलिस क्लबले आयोजक भेट्रान सिटि क्लबलाई हराएर फाईनलमा प्रवेश गरीसकको छ । प्रतियोगितामा शनिबार हुने फाईनल खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिच हुने आयोजकले जनाएको छ ।

मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा प्रथम हुने क्लबले ११ लाख ११ हजार एक सय ११ र दोस्रो हुने क्लबले पाँच लाख ५५ हजार पाँच सय ५५ नगदसहित प्रमाणपत्र र सिल्ड पाउने छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...