Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

वीरगंज गोल्डकपको फाइनलमा पुलिस क्लब प्रवेश

spot_img
spot_img

वीरगंज । नेपाल पुलिस क्लबले प्रथम वीरगंज गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

आयोजक भेट्रान सिटि क्लब वीरगंजलाई ट्राईबे्रकरमा हराउदै नेपाल पुलिस क्लबले फाईनलमा प्रवेश गरेको हो । ९० मिनेटको निर्धारित समयमा खेलको सुरु देखि रोमान्चक बनेको खेल बिना गोल बराबरी भएको हो ।

खेलमा दुवै टिम विना गोल बराबरी खेलेपछि खेल ट्राईबे्रकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा दुबै टिम ७ ÷७ वटा पेनाल्टी हानेका थिए । जसमा नेपाली पुलिस क्लबले ५ गोल गर्न सफल भयो भने दुई वटा बल बाहिर गएको हो ।

यस्तै भेट्रान सिटि क्लबले ४ वटा गोल पेनाल्टी गोल गर्न सफल भयो भने ३ वटा बाहिर गएपछि नेपाल पुलिस क्लब जितेको हो ।

पहिलो पटक नेपाल पुलिसले ट्राईबे्रकरमा ५ वटा पेनाल्टी हानेको थियो । जसमा ३ वटा बल गोल र २ वटा किपरले रोकेका थिए ।

नेपाल पुलिस क्लबका जर्सी नम्बर १६ का खेलाडी उज्जवल राई , जर्सी नम्बर ८ का खेलाडी प्रताप गुरुङ्ग र जर्सी नम्बर ३ का खेलाडी पृथ्वी चौधरीले गोल गर्न सफल भए । भने जर्सी नम्बर ७ का रामचन्द्र वाजे र जर्सी नम्बर बुद्ध तामाङ्गले हानेको बल किपरले रोकेका थिए ।

त्यसपछि हानेको आयोजक भेट्रान सिटि क्लब वीरगन्जले ५ वटा पेनाल्टी हानेको थियो । जसमा ३ वटा बल गोल र दुई वटा गोल हुन सकेन ।

भेट्रान सिटि क्लबका जर्सी नम्बर १३ का खेलाडी हेम तामाङ्ग , जर्सी नम्बर १४ का खेलाडी सुजल डंगोल र जर्सी नम्बर १ का गोल किपर राजु नगरकोटी गोल गर्न सफल भएका थिए । भने जर्सी नम्बर ५ का खेलाडी मान बहादुर परियार र जर्सी नम्बर २ का खेलाडी राजन चौधरीले हानेको गोल किपरले रोक्न सफल भए ।

दुवै टिमको पेनाल्टी बराबरि भएपछि त्यसपश्चात पुन दुवै टिम थप दुई/दुई गोल पेनाल्टी हाने ।

त्यसमा नेपाल पुलिसका जर्सी नम्बर २ का हेमन्त श्रेष्ठ र जर्सी नम्बर २४ का विवेक सन्तोषीले गोल गर्न सफल भएका थिए । भने भेट्रान सिटि क्लबका जर्सी नम्बर ६ का विदेशी खेलाडी मुसाले गोल गर्न सफल भ्उ भने जर्सी नम्बर १९ का खेलाडी कार्लोस पटेल बाहिर हानेपछि नेपाल पुलिस क्लब जितेको हो ।

खेलको म्यान अफ दी म्याच नेपाल पुलिस क्लबका जर्सी नम्बर १ का गोल किपर सत्रुघन चौधरी घोषित भए । उनलाई आयोजक क्लबका महासचिव पन्कज श्रेष्ठले  नगद १० हजार रुपैयाँ प्रदान गरे ।

प्रतियोगितामा बिहिबार हुने दोस्रो सेमिफाईनल खेल त्रिभुवन आर्मी क्लब र संकटा क्लब बिच हुने आयोजकले जनाएको छ । मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ ।

प्रतियोगितामा प्रथम हुने क्लबले ११ लाख ११ हजार एक सय ११ र दोस्रो हुने क्लबले पाँच लाख ५५ हजार पाँच सय ५५ नगदसहित प्रमाणपत्र र सिल्ड पाउने छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...