Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

वीरगंज गाेल्डकप : कलकतालाई हराउँदै पुलिस क्लब विजयी

spot_img
spot_img

वीरगंज । प्रथम वीरगंज गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । नेपाल पुलिस क्लबले कलकताको क्लाईभ हाउस डमडमलाई ७ –१ गोल अन्तरले पराजित गरेको हो ।

९० मिनेटको निर्धारित समयको खेलको पहिलो हाफ सम्ममा पुलिस क्लबले ५ गोल गरेको थियो । आदर्शनगर खेल मैदानमा सुरु भएको फुटबल प्रतियोगीतामा भएको खेलमा यो जित संगै पुलिस क्लब सेमिफाईनमा प्रवेश गरेको छ ।

प्रताप गुरुङको सानदार खेल प्रदर्शनले नेपाल पुलिस क्लबले वीरगंज गोल्डकपको तेस्रो खेलमा भारत कोलकताको क्लाईभ हाउस दम दम फुटबल क्लबलाई ठूलो अन्तरले पराजित गरेको छ । कात्तिक २२ मा खेलिने पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले आयोजक भेट्रान्स सिटी क्लब वीरगंजसंग सामना गर्ने भएको छ ।

क्लाईभ हाउस कोलकाता विरुद्ध ५ गोल गरेका प्रताप गुरुङ म्यान अफ दिन म्याच घोषित भएका थिए । वीरगंज गोल्डकपको आयोजक भेट्रान्स सिटी क्लबका उपाध्यक्ष सागर शम्सेर राणाले गुरुङलाई १० हजार रुपैया नगद पुरस्कार प्रदान गरेका थिए ।

खेलको सुरुदेखि नै हावी देखिएको नेपाल पुलिस क्लबले पहिलो हाफमै ५ गोलको अग्रता कायम गरेको थियो । खेलको २३ औ“ मिनेटमा प्रविन थापाको पासमा गोल गर्न सफल भएका प्रताप गुरुङले पहिलो हाफमा कूल ३ गोल गरे । विवेक सन्तोषी र प्रविन थापाले पनि पहिलो हाफमा एक/एक गोल प्रहार गरेका थिए ।

दोस्रो हाफमा पनि नेपली पुलिस क्लबले आक्रमकता कायमै राखेको थियो । प्रताप गुरुङले दोस्रो हाफको १६ औ र १७ औ मिनेटमा उत्कृष्ट गोल गरेका थिए । खेलको अन्तिम समयमा डि बक्समा पुलिसका खेलाडीले फल खेलेपछि क्लाईभ हाउस कोलकाताले पेनाल्टी पाएको थियो ।

अमन मुन्सीले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भएको थियो । ७ गोल खाएको क्लाईभ हाउस कोलकाताले एक गोल मात्र फर्काउन सकेको थियो । मंगलबारको खेल त्रिभुवन आर्मी फुटबल क्लब र झापा फुटबल क्लबबीच हुने आयोजकले जनाएका छन् ।

मधेशकै उच्च धनराशी पुरस्कार राखिएको प्रथम वीरगंज गोल्डकपमा भारतका २ र नेपालका ६ गरी कूल ८ वटा टीमले प्रतिस्पर्धा गरेका छन् । विजेता टीमले ११ लाख ११ हजार ११ सय रुपैया र उपविजेताले ५ लाख ५५ हजार ५ सय रुपैया पुरस्कार राशी पाउने छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...