Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

वीरगंज गोल्डकपमा आज पुलिस क्लब र काेलकता भिड्दै

spot_img
spot_img

वीरगंज । प्रथम वीरगंज गोल्डकप फुटबल’ मा आज नेपाल पुलिस क्लब र भारत कोलकताको क्लाइभ हाउस डमडमबिच खेल हुदैछ ।

वीरगंजस्थित आदर्शनगर रंगशालामा यी दुई बिचकाे खेल दिउँसाे २.३० बजे सुरु हुने आयाेजक भेट्रान सिटी क्लब वीरगंजका महासचिव पंकज श्रेष्ठले जानकारी दिए ।

यसअघि आइतबार भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई ४-० गाेलले सहजै पाखा लगाउँदै संकटा क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियाे ।

अब फाइनल प्रवेशका लागि संकटाले झापा एफ.सी. र त्रिभुवन आर्मी फुटबल क्लबबिच मंगलबार हुने खेलको विजेता टिमको सामना गर्नेछ ।

मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन् ।

वीरगंज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको विजेता टिमलाई नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमलाई नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...