Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

वरगंज गोल्डकपकाे सेमिफाइनलमा संकटा क्लब प्रबेश

spot_img
spot_img

वीरगंज । प्रथम वीरगंज गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा संकटा क्लब काठमांडौ विजयी भएको छ । ९० मिनेटको निर्धारित समयको खेलमा एपीआई चर्च ब्याईजलाई संकटा क्लब काठमांडौले ४–० ले पराजित गरेको हो ।

आदर्शनगर खेल मैदानमा सुरु भएको फुटबल प्रतियोगीतामा संकटा क्लब काठमांडौले जितसंगै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हाफदेखि संकटा क्लबले प्रतिस्पर्धीलाई दबाब दिदै आएको थियो । सुरु देखि खेलमा दबाब बनाएको संकटाले पहिलो हाफको २३ औ मिनेटमा गोल प्रहार गरेको थियो ।

पहिलो गोल संकटाका जर्सी नम्बर ११ का खेलाडी समिर राईले गरेका थिए । पहिलो हाफमा एक गोलको अग्रता संगै दोस्रो हाफमा पनि संकटाले निरन्तर बल पोस्टमा प्रहार गरीरहेको थियो । दोस्रो हाफमा एपीआई चर्च ब्वाईजले गोल गर्न प्रयास गरेपनि सकेका थिएनन् ।

त्यसपछि संकटाका अर्को खेलाडी जर्सी नम्बर ९ का नरेश हमालले आफ्नो टिमका लागी दोस्रो गाेल गरे । दोस्रो गोल गरेको केहि मिनेटमा संकटाले खेलको ३४ औ मिनेटमा तेस्रो गोल गरेको थियो । संकटाका जर्सी नम्बर ७ का विदेशी खेलाडी फोफानो फोडेले गोल गरेका थिए ।

३ गोल खाएको एपीआई चर्च ब्वाईजका खेलाडीले गोल फर्कोउन निरन्तर प्रयास गरीरहेका थिए । तर उनी दबादमा परेपछि सकिरहेका थिएनन् । खेलमा सुरुदेखि नै दबादमा परेका एपीआई चर्च ब्वाईजका खेलाडी चौथो गोल पनि रोक्न सकेनन् । खेलको ४२ औ मिनेटमा पनि संकटाले पुन गोल गरेको थियो ।

संकटाले निरन्तर गोल प्रहार गरेपछि खेल थप रोमान्चक बनेको थियो । चौथो गोलमा संकटाका जर्सी नम्बर ७ का विदेशी खेलाडी फोफानो फोडेले गोल गरेका थिए । उनले आफ्नो टिमका लागी दोस्रो गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच संकटा क्लबका जर्सी नम्बर ७ का फोफानो फोडे विदेशी घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा सोमबारको खेल नेपाल पुलिस क्लब र क्लाईभ हाउस डमडम कलकता बिच हुने आयोजक भेट्रान सिटी क्लब वीरगंजका महासचिव पंकज श्रेष्ठले जानकारी दिए । पर्यटन प्रवर्द्धन एवं खेलको विकास गर्ने उद्देश्यका साथ प्रथम वीरगंज फुटबल गोल्डकप प्रतियोगिता भएको आयोजकले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...