Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

प्रथम वीरगंज गोल्डकप सुरु, उद्घाटन खेलमा वीरगंज विजयी

वीरगंज । भेट्रान्स सिटी क्लब वीरगंजकाे आयाेजनामा मधेश प्रदेशकै उच्च धनराशिको प्रथम वीरगंज गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।  प्रतियोगिताको उद्घाटन गर्नुहुँदै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजमा खेलकुद क्षेत्रलाई चलायमान बनाउन महानर सँधै तयार रहेको बताए ।

- Advertisement -

वीरगंजलाई विगतको जस्तै फुटबलको उर्वर भूमी बनाउन सबैको साथको खाँचो रहेको उनले वताए । वीरगंजमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्न सक्ने गरि मैदनको पुन:निर्माण गरिएको भन्दै उनले नारायणी रंगशालाको क्रिकेट मैदानलाई पनि व्यवस्थित गर्न महानगर लागि परेको बताए ।

आयाेजक क्लबका अध्यक्ष सबिन बस्नेतकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिकाका उप मेयर इमतियाज आलम, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक ध्रुव श्रेष्ठ, वीरगंज ५ का वडाध्यक्ष प्रदिप चाैरसिया, वडा नं. १० का वडाध्यक्ष सुशिल साह, वडा नं. २५ का वडाध्यक्ष आशुताेष चतुर्वेदी, निमित प्रमुख प्रशासकिय अधिकृत अरबिन्द लाल कर्ण, जसपा वीरगंज महानगर समितिका अध्यक्ष इश्वर यादव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

वीरगंजस्थित आदर्शनगर रंगशालामा भइरहेकाे प्रतियाेगिताकाे उद्घाटन खेलमा भेट्रान्स सिटी क्लब वीरगंजले भारत दिल्लीको गडवाल डायमन्ड फुटबल क्लबलाई १ को विरुद्ध ३ गोलले पराजित गरेको छ ।

खेलको निर्धारित समयमा कुनै पनि टीमले गोल प्रहार गर्न नसकेपछि पेनाल्टी सुट आउट गरिएको थियो । आयोजक भेट्रान्स सिटीका सुशान्त थापा, नविन लामा र जनक कार्कीले एक/एक गोल प्रहार गरेका थिए ।

भेट्रान्सका कप्तान कृष्ण शाक्यले पहार गरेको पहिलो पेनाल्टी सट गडवाल डायमन्ड क्लबका गोलकिपर हर्षित बिष्टले रोकेका थिए । गडवाल डायमन्ड फुटबल क्लबका सुमित कद्यान, सन्कल्प सिंह र अन्जुल परिशरले प्रहार गरेका पेनाल्टी सट भेट्रान्स सिटीका गोलकिपर राजु नगरकोटीले रोकेका थिए ।

डायमन्डका अजय विष्टको पेनाल्टी सट मात्र गोलमा परिणत भएको थियो । टाई ब्रेकरमा ३ वटा पेनाल्टी प्रहार रोकेका भेट्रान्स सिटी क्लबका गोलकिपर राजु नगरकोटी म्यान आफ दि म्याच घोषित भएका थिए ।

प्रतियाेगिताकाे विजयी टिमले ११ लाख ११ हजार ११ सय रुपैया र उपविजेताले ५ लाख ५५ हजार ५ सय रुपैया पुरस्कार राशी पाउने छन् । वीरगंज गोल्डकपमा भारतका दुई र नेपालका ६ वटा गरि ८ वटा टीमले प्रतिस्पर्धा गर्ने छन् ।

आइतबार हुने दोस्रो खेलमा संकटा क्लब र चर्च ब्वाईज युनाइटेडले प्रतिस्पर्धा गर्ने आयोजकले क्लबका महासचिव पंकज श्रेष्ठले जानकारी दिए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजका निजी विद्यालयमा पुस्तक परिवर्तनको मनपरी, कमिशनको खेलले अभिभावक मारमा

वीरगंज । वीरगंजका निजी विद्यालयहरूले पुस्तकमा लिने कमिशनको प्रचलन यस वर्ष पनि निरन्तरता दिएका छन् । सरकारले हरेक वर्ष पुस्तक परिवर्तन नगर्न निर्देशन दिए...

सिर्सिया नदी संरक्षणका लागि प्रधानमन्त्रीलाई खुला पत्र, तत्काल हस्तक्षेपको माग

वीरगंज । सिर्सिया नदीको बढ्दो प्रदूषण र अतिक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै स्थानीय अभियन्ताले प्रधानमन्त्री बालेन्द्र साहलाई खुला पत्र मार्फत तत्काल हस्तक्षेप गर्न माग...

पर्सामा विश्व प्रेस स्वतन्त्रता दिवस: आर्थिक नाकाबन्दीविरुद्ध पत्रकारहरूको खबरदारी

वीरगंज । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आइतबार वीरगंजमा प्रभातफेरी तथा कोण सभा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको आयोजनामा गरिएको...