Date
शुक्र, साउन २२, २०८३
Fri, August 7, 2026

प्रथम वीरगंज गोल्ड कप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

spot_img
spot_img

वीरगंज । भेट्रान सिटी क्लब, वीरगंजकाे आयोजनामा यहि कार्तिक १८ गते शनिबारदेखि हुनलागेकाे प्रथम वीरगंज गोल्ड कप फुटबल प्रतियोगिता – २०८० को सम्पुर्ण तयारी पुरा भएकाे छ ।

आयाेजक क्लबले बिहिबार पत्रकार सम्मेलन गर्दै वीरगंजस्थित आर्दशनगर रंगशालामा हुन् गईरहेको प्रतियोगिताकाे सम्पूर्ण तयारी पुरा भएकाे जनाएकाे छ ।

पत्रकार सम्मेलनमा वाेल्दै कल्बका महासचिव पंकज श्रेष्ठले प्रतियोगिताको मुख्य उद्देश्य नै पर्यटन प्रवर्द्धन एवम् खेलको विकास “सँगै धरायसी हुन् लागेको फुटबल खेललाई निरन्तरता दिनु रहेकाे वताए ।

उनले मधेश प्रदेश कै सर्वाधिक धनराशी भएको यो प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी गराए । राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका ख्याति प्राप्त कलबहरुको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागिएको उनले वताए ।

 उनका अनुसार कार्तिक १८ गते शनिबारदेखि सुरु हुने प्रतियाेगिता कार्तिक २५ गते सम्पन्न हुने छ । प्रतियाेगिता प्रत्येक दिन दिउँसो २:०० बजेदेखि सुरु हुने छ ।

प्रतियाेगिताकाे प्रथम पुरस्कार रु ११ लाख ११ हजार एक सय ११ र दाेस्राे पुरस्कार रु ५ लाख ५५ हजार ५ सय ५५ रहेकाे छ । प्रतियाेगितामा प्रत्येक दिन म्यान अफ द म्याच सहितकाे विद्यागत पुरस्कारको व्यवस्था समेत गरिएकाे छ ।

प्रतियाेगितामा त्रिभुवन आर्मी कल्ब (काठमाण्डौ), नेपाल पुलिस कल्ब (काठमाण्डौ), संकट कल्ब (काठमाडौ) एपिआई पावर चर्च वाइज युनाइटेड (नवलपरासी), झापा एफ.सी. (झापा) सहितका ८ वटा टिमहरुकाे सहभागिता रहने छ । 

प्रतियोगिताकाे कुल लगात रु ८० लाख रहेकाे छ भने प्रतियाेगिता हुने रंगशालाकाे दर्शक क्षमता करिब ५ हजार रहेकाे छ । प्रतियाेगितामा प्रति व्यक्ति रु एक सय र सिजनल टिकट रु एक हजार सिजनल टिकट रहेकाे छ ।

प्रतियाेगिता अन्तर्गत कार्तिक २४ गते नेपाल भारतका महिला फुटबल टोलीद्वारा एकदिने मैत्रीपूर्ण रोमान्चकारी फुटबल प्रतियोगिताको प्रदर्शन गरिने समेत आयाेजकले जनाएकाे छ ।

प्रतियाेगिता आयाेजनाकाे लागि वीरगंज महानगरपालिका लगायतकाे सरकारी तथा निजि संघ/संस्थाहरुले सहयाेग गरेका छन् ।

क्लबका अध्यक्ष सबिन बस्नेतकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा बरिष्ठ उपाध्यक्ष राेशन श्रेष्ठ, प्रथम उपाध्यक्ष सागर सम्शेर राणा, काेषाध्यक्ष सुबाेध श्रीवास्तव लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा ट्याङ्करबाट हवाई इन्धन चोरी, ७ जना रंगेहात पक्राउ

वीरगंज । पर्सा प्रहरीले हवाई इन्धन चोरीमा संलग्न रहेको आरोपमा ७ जनालाई रंगेहात पक्राउ गरेको छ । प्रहरीले गैरकानुनी रूपमा ट्याङ्करबाट हवाई इन्धन निकाल्दै...

पर्सागढीमा बेवारिसे अवस्थामा फेला परेका दुई गोलिया सालका काठ बरामद

वीरगंज । पर्साको पर्सागढी नगरपालिका–३ स्थित सृजना टोलमा बेवारिसे अवस्थामा रहेको दुई गोलिया सालको काठ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार...

ई–स्कुटी नियन्त्रण अभियानप्रति वीरगञ्जवासी असन्तुष्ट, ‘पहिले छिर्न दिइयो, अहिले जफत गरियो’

वीरगंज । पर्सामा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सञ्चालन गरेको ई–स्कुटी चेकजाँच तथा नियन्त्रण अभियानप्रति स्थानीयवासीले असन्तुष्टि जनाएका छन्...