Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

एकै दिन चार वटा मोटरसाइकल चोरी गर्ने गाेसाई पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले एक जना मोटरसाइकल चोरलाई नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएकाे प्रहरी टोलीले बिहीबार वीरगंजकाे विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका – ८ घर भई हाल वीरगंज महानगरपालिका – १६  बस्ने अजय गोसाईं रहेका छन् । चार वटा चाेरीकाे मोटरसाइकल सहित गाेसाईलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए ।

वीरगंजमा लागेको रात्रि बजार घुम्न आएकाहरूको मोटरसाइकल गोसाईंको समूहले चोरी गरेको उनले बताए । उनका अनुसार समूहले मोटरसाइकल चोरी गरेर नारायणी अस्पतालको पार्किङमा लुकाएर राखेको थियो ।

प्रहरीले चोरी भएको प्रदेश – ०२ – ०२३ – ०२२ प ९२७२, ना. २६ प ५८५३, ना ६४ ३८०६ र ना. ५४ प ४७२४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

गोसाईंलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको र उनको समूहका अन्य सदस्यहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाराको कलैयामा दुई दिन विद्यालय बन्द

बारा । बाराको कलैया उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार असोज ८ गते बिहीबार र ९...

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...