Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

सशस्त्र प्रहरीको दोहोरो चरित्र : दिनमा कडाई, रातमा तस्करी

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले वीरगंज भन्सार नाकाबाट सानो तिनो घरायसी सामानलाई रोकेर तस्करीको लाइन खोलेको पाइएको छ । रक्सौल बजारबाट घरायसी सामान किनेर ल्याउने सर्वसाधारणहरुले वीरगंज भन्सार नाकामा सशस्त्र प्रहरीको तनाव खेप्नु परेको छ भने तस्करहरुले सशस्त्र प्रहरीको आशिर्वादमा तस्करी सामान ओसारपसार गर्न छुट पाएका छन् ।

सशस्त्र प्रहरीले वीरगंजको इनर्वा, अलौं, सिर्सिया, भेलाही, प्रसौनीभाठ्ठा, अमरपट्टि, सिक्टा भिस्वा, जानकीटाेला लगायतकाे नाकाबाट तस्करीको लाइन खुलाएको बताइएको छ । देखाउनको लागि दिनको समयमा वीरगंज भन्सार मुख्य गेटमा सिसिटिभी जडान गरि सशस्त्र प्रहरीले अर्को नाकाबाट कपडा, काजु, हार्डवेयर लगायतका सामानको तस्करीको लाइन खोलेको वताइन्छ ।

अहिले वीरगंजको इनर्वा बाँसघारी, बलिरामपुर, अलौं, सिर्सिया, भेलाही, प्रसौनीभाठ्ठा, अमरपट्टि, सिक्टा भिस्वा लगायतको नाकाबाट व्यापक कपडा, काजु, हार्डवेयर, इलेक्ट्रोनिक सामान तथा भैसीको तस्करी भइरहेको छ । विगतमा वीरगंजको इनर्वा नाकाबाट तस्करी गर्ने कुख्यात कपडाको तस्कर अहिले वीरगंज लगायत ग्रामीण नाकाबाट तस्करी कार्यलाई तिब्रता दिएका हुन् ।

वीरगंज स्थित सशस्त्र प्रहरीको १३ नं. गणका सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्यको आशिर्वादले रातिको समयमा अहिरवा टोला, बलिरामपुर, इनर्वा, नगवा हुँदै वीरगंजको मुख्य बजारसम्म तस्करीको सामान पुग्ने गरेको छ भने दिनमा व्यापक कडाईकाे नौटंकी गरिँदैछ ।

देखाउनको लागि भन्सार कार्यालयमा दिनमा कडाई गरेर रातिको १० बजेपछि तस्करीको लाइन खोलिएको हो । पोकामा सामान ल्याउने महिलाहरुको सामान खोसेर सशस्त्र प्रहरीले ठूलै तस्करी नियन्त्रण गरि रहेको देखाउन खोजेतापनि रातिको समयमा सशस्त्र प्रहरीकै मिलोमतोमा व्यापक तस्करी भइरहेको छ ।

वीरगंज भन्सारमा सशस्त्र प्रहरीले लछार पछार जस्ता कार्य गर्नुले घरायसी सामान किनेर ल्याउने सर्वसाधारणहरुले पनि सास्ती खेप्नु परेको छ । इनर्वा गाउँका महिलाहरुले पनि सानोतिनो सामान ल्याउँदा सशस्त्र प्रहरीहरुले लछार पछार गरि सामान खोस्ने गरेका छन् । सानोतिनो सामान ल्याई आफ्नो दैनिकी जीवन चलाइँरहेका गरिब, असहाय, एकल महिलाहरु प्रभावित बनेका छन् ।

अहिले दिनहुँ वीरगंज भन्सार कार्यालय अगाडि महिलाहरुको समूह जम्मा हुने, सशस्त्र प्रहरीसँग विवाद गर्ने जस्ता कार्यहरु गरि रहेको देख्न सकिन्छ । सशस्त्र प्रहरीको यो रवैयाबाट नेपाल भारत सीमा क्षेत्रका नेपाली महिलाहरु काम गर्न नपाएर दैनिकी जीवन चलाउन समेत समस्या भएको दुःखेसो पोखी रहेका छन् । दुईचार वटा लुगा ल्याएर दुई तीनसय रुपैया कमाएर बालबच्चा पाल्ने एकल महिलाहरु दिनहुँ भन्सार कार्यालय अगाडि रोएर बस्नुपर्ने अवस्था सृजना भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...