Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

प्रथम वीरगंज गोल्ड कप फुटबल प्रतियाेगिता कार्त्तिक १८ देखि

spot_img
spot_img

वीरगंज ।  भेट्रान सिटी क्लब वीरगंजकाे आयोजनामा कार्त्तिक १८ गतेदेखि ‘प्रथम वीरगंज गोल्ड कप २०८०’ हुन लागेकाे छ । वीरगंजमा मधेस प्रदेशकै सबै भन्दा बढी नगद राशि पुरस्कारको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न लागिएकाे आयाेजकले जनाएकाे छ ।

प्रतियोगिता बारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सबिन बस्नेतले कात्तिक १८ देखि कार्त्तिक २५ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिमले भाग लिने जानकारी गराए ।

उनका अनुसार, प्रतिगोयतामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, आयोजक वीरगंज भेट्रान सिटी क्लब तथा भारत कोलकत्ताको क्लाईभ हाउस डमडम र दिल्लीको नर्थ जोन फुटबल टिमले भाग लिने भएका हुन् ।

प्रतियोगिताको उपाधि उपविजेताले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छन् ।

वीरगंजमा विगत पाँच वर्षपछि अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा आयोजक क्लबका महासचिव पङ्कज श्रेष्ठले बताए । उनले वीरगंजकाे खेलकुद प्रवर्द्धनमा सङ्घ र प्रदेश दुवै सरकारले उपेक्षा गरिरहेको परिप्रेक्ष्यमा वीरगंजले पनि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्न सक्छ भन्ने सन्देश दिन यो प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

वीरगंजकाे आदर्शनगर रङ्गशालामा हुने प्रतियोगितामा दर्शकका लागि प्रवेश शुल्क एक सय रुपैयाँ राखिएको क्लबका वरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठले बताए । सेमिफाइनलदेखिको खेलमा भने प्रवेश शुल्क दुई सय रुपैयाँ राखिएको जानकारी उनले गराए ।

प्रतियोगिता आयोजनास्थल आदर्शनगर रङ्गशालाको दर्शक क्षमता १० हजार रहेकामा प्रतियोगिताकै लागि भनेर ३ हजार दर्शक बस्न सक्ने क्षमताको अस्थायी प्याराफिटपनि निर्माण गरिएको जानकारी श्रेष्ठले दिए । फाइनल खेलको अघिल्लो दिन कार्तिक २४ गते नेपाल र भारतको महिला फुटबल टिमबिच मैत्रीपूर्ण खेल पनि हुने जानकारी उनले गराए ।

प्रतियोगिताको कूल खर्च लागत ८० लाख रुपैयाँ रहेकोमा मुख्य सहयोगी वीरगञ्ज महानगरपालिकाले २५ लाख रुपैयाँ दिएको क्लबका अध्यक्ष बस्नेतले बताए । आर्थिक सहयोगका लागि अन्य प्रयोजकहरूसँग पनि छलफल चलिरहेको उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...