Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

सशस्त्र प्रहरीको मिलोमतोमा दशैंको मुखमा तस्करीको लाइन खुल्ला

spot_img
spot_img

वीरगंज । नेपालीहरुकाे महान चाँड वडा दशैं नजिकिएसँगै नेपाल भारत सीमा क्षेत्रबाट व्यापक तस्करी सुरु भएको छ । वीरगंज भन्सार, अलौं, सिर्सिया, धोरे, भिस्वा नाकाबाट अहिले व्यापक तस्करी सुरु भएको हो ।

सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्यले वीरगंज भन्सार नाकाबाट सर्वसाधारणहरुलाई चेकजाँचको बहानामा दुःख दिई तस्करीमा कडाई गरेको ढोल पिटेर भन्सारदेखि ग्रामीण नाकाबाट तस्करीको लाइन खोलेको श्रोतले बताएको छ ।

इमान्दारिको ढोल पिट्ने सशस्त्र प्रहरी अहिले तस्करहरुसँग महिनावारी असुली तस्करीको लाइन खोलेको बताइएको छ । वीरगंज भन्सार नाकाबाट रातिको समयमा कपडा, काजुहरुको खुलेयाम तस्करी हुने गरेको छ । रातिको समयमा मात्रै होइन, दिनमा पनि टेम्पो, अटोमा कपडाको तस्करी भइरहेको तस्कर श्रोतले जनाएको छ ।

लामो समयदेखि बन्द रहेको भारतीय नामुद तस्कर मुक्तारको तस्करीको लाइन वीरगंज भन्सार मुख्य नाकाबाट नै सुचारु भएको छ ।

त्यसैगरि शत्रुधन यादवको पनि कपडा तस्करीको कार्य निर्वाद रुपमा चलि रहेको छ । मुक्तारले दिनदहाडै वीरगंज भन्सार मुख्य नाकाबाट टेम्पो तथा अटोमा कोची कोची कपडा तस्करी गर्ने गरेका छन् भने शत्रुधन यादवले रातिको समयमा अहिरवाटोला हुँदै बासघारी नाकाबाट इनर्वा, नगवा गाउँ हुँदै वीरगंज बजारसम्म पुर्याउने गरेको बताइएको छ ।

वीरगंज भन्सारको मुख्य नाकामा दुई वटा ठाउँमा सशस्त्र प्रहरीको चेकिङ्ग छ, एक दर्जन भन्दा बढि सशस्त्र प्रहरीहरु ड्युटीमा खटेका हुन्छन् तर दिन दहाडै मुक्तारको तस्करीको कपडा वीरगंज बजारसम्म पुगि रहेको छ । अर्कोतर्फ शत्रुधन यादवको अहिरवाटोला, इनर्वा एवं नगवाबाट कपडा रातिको ११ बजेपछि काजुको तस्करी हुने गरेको छ तर सीमा क्षेत्रमा खटेका सशस्त्र प्रहरी इमान्दारको ढोल पिट्दै आएको छ ।

यसैगरि पत्रकारिताको आडमा एक व्यापारीले माछाको तस्करी गर्दै आएका छन् । नगवाको ४० फिट मुख्य सडकमा माछाको गोदाम राखेका ति तस्करले आफूलाई पत्रकार भन्दै सशस्त्र प्रहरीलाई नजराना बुझाई माछाको तस्करी गर्ने गरेका छन् ।

त्यसैगरि ग्रामीण नाका अलौं, सिर्सिया, धोरे, भिस्वा लगायतका नाकाबाट पनि कपडा, काजु, हार्डवेयर, भैसी लगायतको तस्करी खुलेको बताइएको छ । सम्बन्धित सशस्त्र प्रहरी युनिटका इन्चार्जहरुलाई महिनावारी बुझाई तस्करहरुले दशैंको बेला तस्करीको लाइन खुलाएका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...