Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

प्रहरी कै सेटिङमा भिस्वा नाकाबाट खुलेयाम तस्करी

spot_img
spot_img

वीरगंज । पर्साकाे पश्चिमी ग्रामिण भेगमा पर्ने भिस्वा सिमानाकाबाट सशस्त्र र नेपाल प्रहरीकै संरक्षणमा खुलेयाम रूपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ ।

भिस्वाबाट दैनिक रुपमा चल्ने (नाइट) रात्री  बसमा भन्सार छलीका भारतीय कपडा र  बच्चाहरु पिउने पावडर दुध प्रहरीकै मिलोमतोमा बसमा हालेर  काठमाडौं, पोखरा पठाउने गरेको स्थानिय प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

संगठनले दिएको जिम्मेवारीलाई भुलेर सशस्त्र प्रहरी बिओपी बन्जारी भिस्वाका इन्चार्ज बिस्नु हरि थापा र प्रहरी चौकी भिस्वाका इन्चार्ज वरिष्ठ सई रुद्र भट्टले अवैध कारोबार गर्नेहरुसँग साँठगाँठ गरी आर्थिक लाभ लिने गरेका छन । स्थानियहरुका अनुसार दिनमा कम रातिकाे समयमा बढी तस्करी भइरहेकाे छ ।

पर्साको पश्चिमी दक्षिणि भेगमा पर्ने भारतीय प्रसिद्ध बजार सिक्टा बजारसंँग जोडिएको भिस्वा सिमानाकाबाट नेपालतर्फ खानेतेल, चिनी, पौडर दुध, मिठा गेहु लगायतका खाद्यान्न, बोइलर कुखुरा, भैंसी पाडा, खसीबोका,  माछा र भारतीय ब्रान्डका रजनीगन्धा, गुटखा जस्ता सूर्तीजन्य पदार्थ, लत्ताकपडा, जुत्ताचप्पल, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटर पार्टस, स्पेयर पार्टस्, प्रतिबन्धित औषधी, भाँडाकुडा, कस्मेटिक तथा खेलकूद लगायतका सामग्रीहरु मोटरसाइकल, साइकलका माध्यमबाट लाखौं लाख राजस्व छलेर दैनिक लाखौँ र मासिक करोडौं मूल्य बराबरको अवैध कारोबार खुलेआम भइरहेको स्थानियकाे दाबी रहेकाे छ ।

यस्तै बिहार सरकारले मदिरा उत्पादन तथा बिक्री बितरणमा रोक लगाएका कारण  नेपालबाट भारततर्फ घरेलु मदिरा र सिल प्याक मदिराको पनि तस्करी भइरहेको छ । डिउटीमा खटेका सशस्त्र र नेपाल प्रहरीले तस्करलाई छुट र सर्वसाधारणलाई दु:खसमेत दिने गरेकाे स्थानियहरु वताउँछन् ।

पर्साका नामुदत तस्कर मुना जैसवाललाई तस्करीको लाईन

वर्षौँदेखि तस्करीलाई नै आफ्नो व्यवसाय बनाएका पर्साको भिस्वाका किशोर जयसवाल र उनका छोरा मुन्ना जयसवालको तस्करी धन्धा पुनः सुरु भएको पाइएको छ । छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वा निवासी किशोर जयसवाल र मुन्ना जयसवालले भिस्वा बजारबाट भारतको सिकटा बजारसम्म पु¥याउने तस्करीको धन्धा अहिले व्यापक बढेको पाइएको हो ।

उनीहरू नेपाल प्रहरीको भिस्वा चौकी र सशस्त्र प्रहरी बन्जारीका हाकिमहरूसँग सेटिङ मिलाएर दैनिक लाखौँ मूल्य बराबरको सुपारी, मटर (केराउ), मरीच, युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक सामान र स्याउ, नस्पातीको तस्करी गर्दै छन् ।

बाबुछोरा दुवै जनाले आफ्ना नजिकका व्यक्ति रामु जयसवाल र हरि कोईरीलाई राखी सुपारी, मटर (केराउ), मरीच युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक सामानहरूको तस्करी गर्दै आइरहेका छन् । उनिहरुले बजार ब्यवस्थापन समितीको नाममा समेत समान ल्याएर भारत कटाउने गरेका छन ।

नेपाल–भारत बोर्डरको दशगजा क्षेत्र नजिक भिस्वा बजार र भारतको सिक्टास्थित एक राईस मिलमा गोदाम राखी स्थानीय प्रहरी प्रशासनको मिलेमतोमा तस्करीको मालसामान आयात निर्यात गराउँदै आएको स्थानीयले बताएका छन् ।

नाम नलेख्ने सर्तमा एक जना स्थानीयले भने, ‘‘मुन्ना जयसवालले भिस्वा बजारमा नै एक गोदाम राखेका छन्, जुन भारतको सीमासँग करिब ९०/१०० मिटरको दुरीमा होला’, उनले अगाडी भने,‘ उक्त गोदामबाट रातीको समयमा स्थानीय करिब १ सय ५० जनाभन्दा बढी कामदारमार्फत प्रहरीको मिलेमतोमा दैनिक लाखौँ मूल्य बराबरको तस्करीको सामान भारत पठाउने गरेका छन् ।

यिनीहरूको माल कटाउनको लागि सिक्टाको पप्पु र भिस्वाको लड्डुले कामदारहरू ल्याई ठेक्का लिई भारततर्फ माल कटाउने गरेको बताइएको छ । उनीहरूले राती मात्र नभई दिनमा पनि २०–२५ महिलाको प्रयोग गरी आधा आधा बोरा गरेर दिउँसो पनि सामान कटाउने गरेको त्यहाँ जाने जोकोहीले देख्ने गरेका छन् ।

स्थानीय प्रहरी मात्र नभई जिल्लाका प्रहरी अधिकृतलाई समेत मिलाई उक्त ठाउँबाट ठुलो मात्रामा तस्करी हुने गरेको स्थानीय जानकारकाे दाबी छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...