Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

गाेला प्रथाबाट गादीमाई साझेदारीकाे सदस्यमा केवट विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे गादीमाई साझेदारी वन उपभाेक्ता समुहकाे चुनावमा बराबरमा मत ल्याएका दुई सदस्य बिच गाेला प्रथाबाट टुंगाे लागेकाे छ ।

गोला प्रथाबाट भएको निर्णयले कृष्णमोहन यादव पक्षका मनोज महतो केवट बिजयी भएको गादीमाई साझेदारी वन उपभोग्ता समुहका पदेन सचिव तथा वन अधिकृत सुमन पाण्डेले जानकारी दिए ।

गत असार २६ र २७ गते भएकाे साझेदारी वन उपभोग्ता समुहको चुनावमा कृष्ण माेहन नेतृत्वकाे प्यानलका जगरनाथपुर गाउँपालिका वडा नम्बर २ जानकीटोला निवासी मनोज महतो केवट र सहरुम राउत प्यानलका जिराभवानी गाउँपालिका वडा नमबर १ बलुवा निवासी अम्रेश ठाकुर लोहारले ९८-९८ बराबर मत ल्याएका थिए । त्यस कारण दुबै सदस्य बिच चयन हुनु पर्ने एक सदस्य चयन हुन सकेकाे थिएन ।

साे सम्बधमा आइतबार जिल्ला वन डिभिजन कार्यालय पर्सामा भएकाे छलफलमा गोला प्रथाबाट दुई मध्ये एक सदस्य चयन गर्ने सहमती जुटेपछि त्यस अनुसार नै गरिएकाे थियाे । जसमा उपभाेक्ता समुहका अध्यक्षमा पराजित कृष्णमाेहन पक्षका केवट चुनिएका हुन् ।

वन उपभाेक्ता समुहकाे अध्यक्षमा कांग्रेस निकटका सहरुम राउत गद्दीसहित १३ जना बिजयी भएका थिए ।

अहिलेपनि जिल्लामा रहेका ३ वटा साझेदारी वन उपभोग्ता समुह मध्ये बिन्दासिनी र सबैयाको चुनाव हुन नसकेको जिल्ला वन डिभिजन कार्यलय पर्साले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज विश्वविद्यालयको रकम निकासीबारे सीआईबीको अनुसन्धान

वीरगंज । प्रस्तावित वीरगन्ज विश्वविद्यालय स्थापनाका लागि करिब दुई दशकअघि संकलन गरिएको रकम बैंक खाताबाट निकालिएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान...

धनुषाको भेनियर उद्योगबाट ६७५ क्युफिट सिमलको काठ बरामद

वीरगंज । धनुषाको मिथिला नगरपालिका–२ स्थित कमला भेनियर उद्योगबाट ६७५ क्युफिट सिमलको काठ बरामद भएको छ। डिभिजन वन कार्यालय धनुषाले विशेष सूचनाका आधारमा सोमबार साँझ...

निचुटामा ‘समावेशी शिक्षाको महत्व’ विषयमा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । समावेशी शिक्षाको महत्व र आवश्यकताबारे विद्यार्थी तथा समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पर्साको निचुटामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। श्री नेपाल राष्ट्रिय माध्यमिक...