Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

अन्तर बैंक महिला फुटबल टुर्नामेन्टकाे क्वार्टर फाइनलमा ७ बैंक प्रबेश

spot_img
spot_img

वीरगंज । नेपाल राष्ट्र बैंक कर्मचारी संघ वीरगंज समितिले अन्तर–बैंक महिला फुटबल टुर्नामेन्ट २०८० आयोजना गरेकाे छ ।

हरितालिका तीजको अवसरमा भदाै २२ गतेदेखि नेपाल राष्ट्र बैंक वीरगंजकाे कम्पाउन्ड भित्र सुरु भएकाे टुर्नामेन्ट भदाै ३० गतेसम्म संचालन हुने छ । टुर्नामेन्टकाे उद्घाटन शुक्रबार राष्ट्र बैंक वीरगंजका निर्देशक अजित रेग्मीले गरेका थिए ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ  वीरगंज समितिका अध्यक्ष नरेश कुमार सर्राफकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा कर्पाेरेट डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विपिन राज पोखरेल, नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका उपाध्यक्ष तुलसी राम बानिया लगायतकाे उपस्थिती रहेकाे थियाे । 

१८ वटा बैंक सहभागी भएको उक्त प्रतियोगिताको पहिलो दिनको ६ वटा खेलहरुमा नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई ३–०, नेपाल बैंकले पेनाल्टी सुटआउटमा नेपाल एस.बी.आई. बैंकलाई २–०, कुमारी बैंकले पेनाल्टी सुटआउटमा सिटिजनस् बैंकलाई २–०, नबिल बैंकले एन.आई.सी. एसिया बैंकलाई ३–०, लक्ष्मी सनराइज बैंकले सिद्धार्थ बैंकलाई २–०, प्राइम कर्मर्सियल बैंकलाई ३–० को गोल अन्तरले पराजित गरेको थियो ।

त्यसैगरी शनिबार दाेस्राे दिन भएकाे ९ वटा खेलहरुमा नेपाल राष्ट्र बैंकले पेनाल्टी सुटआउटमा सानिमा बैंकलाई २–०, नेपाल बैंकले पेनाल्टी सुटआउटमा कर्पाेरेट डेभलपमेन्ट बैंकलाई २–०, कुमारी बैंकले एन.एम.बी. बैंकलाई २–०, नबिल बैंकले ग्लोबल आइ.एम.इ. बैंकलाई ५–१, नेपाल एस.बी.आई. बैंकले हिमालयन बैंकलाई २–०, एन.आइ.सी. एसिया बैंकले प्राइम बैंकलाई ४–२, लक्ष्मी सनराइज बैंकले सिटिजन बैंकलाई २–०, एन.एम.बी. बैंकले सिद्धार्थ बैंकलाई २–० र कर्पाेरेट डेभलपमेन्ट बैंकले हिमालयन बैंकलाई ३–० को गोल अन्तरले पराजित गरेको थियो ।

हालसम्म नेपाल राष्ट्र बैंक, प्राइम कर्मर्सियल बैंक, कर्पाेरेट डेभलपमेन्ट बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक, कुमारी बैंक र नबिल बैंक गरी हालसम्म ७ वटा बैंक क्वार्टर–फाइनलमा प्रवेश गरिसकेकाे आयाेजक कर्मचारी संघ वीरगंज समितिका अध्यक्ष सर्राफले जानकारी दिए‍  । प्रतियोगिताको बाँकी खेलहरु भदाै २९ र ३० गते हुने अध्यक्ष सर्राफले वताए ।

उक्त प्रतियोगिताको मुख्य प्रायोजक कर्पाेरेट डेभलपभेन्ट बैंक, प्रायोजक ग्लोबल आई.एम.ई. बैंक र एन.आई.सी. एसिया बैंक तथा सह–प्रायोजक लक्ष्मी सनराइज बैंक, नबिल बैंक र राष्टिय वाणिज्य बैंक रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...