Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

कर्पोरेट बैंक र क्लासिक होटल हटाउने कार्यकाे सर्वोच्चद्वारा सदर

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य नालामाथि निर्माण गरेको संरचना हटाउने कामलाई सर्वोच्च अदालतले सदर गरेको छ ।

मुख्य नालामाथि निर्माण गरेर वर्षौँदेखि उपभोग गर्दै आएको कर्पोरेट डेभलपमेन्ट बैंक र क्लासिक होटल रहेको संरचना महानगरले हटाएको कामलाई सर्वोच्चले सदर गरेको हाे ।

संरचना हटाउन नदिन भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक रहेको भवनका धनी पवन कुमार गुप्ता र अनिल कुमार गुप्ताले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरिदिएको छ ।

बिहीबार सुनुवाई गर्दै सर्वोच्च अदालतको ६ नं. इजलासका न्यायाधिशद्वय प्रकास कुमार ढुंगाना र डा. कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्विकार गरेका हुन् ।

अदालतले गएको साउन ११ गते अल्पकालिन अन्तरिम आदेश दिँदै संरचना हटाउने काम यथावत राख्न भनेको थियो ।

अल्पकालिन आदेशलाई निरन्तरता दिन सर्वोच्चले अस्विकार गरेसँगै महानगरले थालेको काम जायज रहेको पुष्टि भएको छ । महानगरले दुबै भवन गएको साउनको पहिलो साता हटाएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुरको छोट्की पिडारीमा १० लाखको लागतमा छठघाट निर्माण सुरु

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...

वीरगञ्ज भन्सारले असोजमा लक्ष्यभन्दा २६ करोड बढी राजस्व उठायो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले गत असोज महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ...

अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

वीरगञ्ज। अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा नेपाल भित्र्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले...