Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

कर्पोरेट बैंक र क्लासिक होटल हटाउने कार्यकाे सर्वोच्चद्वारा सदर

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य नालामाथि निर्माण गरेको संरचना हटाउने कामलाई सर्वोच्च अदालतले सदर गरेको छ ।

मुख्य नालामाथि निर्माण गरेर वर्षौँदेखि उपभोग गर्दै आएको कर्पोरेट डेभलपमेन्ट बैंक र क्लासिक होटल रहेको संरचना महानगरले हटाएको कामलाई सर्वोच्चले सदर गरेको हाे ।

संरचना हटाउन नदिन भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक रहेको भवनका धनी पवन कुमार गुप्ता र अनिल कुमार गुप्ताले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरिदिएको छ ।

बिहीबार सुनुवाई गर्दै सर्वोच्च अदालतको ६ नं. इजलासका न्यायाधिशद्वय प्रकास कुमार ढुंगाना र डा. कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्विकार गरेका हुन् ।

अदालतले गएको साउन ११ गते अल्पकालिन अन्तरिम आदेश दिँदै संरचना हटाउने काम यथावत राख्न भनेको थियो ।

अल्पकालिन आदेशलाई निरन्तरता दिन सर्वोच्चले अस्विकार गरेसँगै महानगरले थालेको काम जायज रहेको पुष्टि भएको छ । महानगरले दुबै भवन गएको साउनको पहिलो साता हटाएको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल विवाद चर्कियो : चिकित्सकको आन्दोलनले स्वास्थ्य सेवा प्रभावित

वीरगंज । नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि भएको तोडफोड र चिकित्सकमाथिको आक्रमणको घटनाले नयाँ मोड लिएको छ । एकातर्फ...

गौतम माध्यमिक विद्यालयमा विद्यार्थी परिषद्ले पायो नयाँ नेतृत्व

वीरगंज । गौतम माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ का लागि गठन गरिएको विद्यार्थी परिषद् (स्टुडेन्ट काउन्सिल) लाई औपचारिक रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गर्दै...

प्रहरी निरीक्षक जटाशंकर यादव ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

वीरगंज । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले २०८३ साल असार महिनाका लागि प्रहरी निरीक्षक जटाशंकर यादवलाई ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरेको...