Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026

सरकारकाे प्राथमिकतामा सुशासन र पारदर्शीता छ : अर्थमन्त्री महत

वीरगंज । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करी प्रकरणमा आफनो कुनै संलग्नता नरहेको जिकिर गरेका छन् । प्रेस युनियन पर्साले शुक्रबार वीरगंजमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै अर्थमन्त्री महतले सुन तस्करी प्रकरणमा अर्थमन्त्रीको पनि मिलोमतो रहेको भन्ने नेकपा एमालेले लगाएको आरोप गलत भएको बताए ।

- Advertisement -

महतले भने,‘ अहिले जसलाई जे मन लाग्छ त्यो आरोप लगाइ दिने, सामाजिक सञ्जालमा लेखिदिने गलत प्रवृति बढेको छ ।” आफनै कारणले त्रिभुवन विमानस्थलबाट एक सय किलो सुन समातिएको दाबीसमेत उनले गरे । सुराकी दिनेलाई प्रोत्साहित गर्न पुरस्कार दिने व्यवस्थाकाे पक्षमा आफु रहेकाे वताउँदै महतले त्यसैका कारण अवैध गतिविधिका सूचनाहरु पाउन सहज हुने वताए ।

वर्तमान सरकारले सुशासन, पारदर्शीता र विकास निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको अर्थमन्त्री महतले बताए । आफुले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाले यता अर्थतन्त्रका समस्याहरु विस्तारै कम हुदै गएको , वैदेशिक मुद्राको सञ्चिचतीमा सुधार आएको, मुल्यवृद्धि क्रमिक रुपमा घटदै गएको, पूँजी प्रवाहमा देखिएका समस्या सम्बोधन हुँदै गएको पनि उनले बताए ।

अर्थमन्त्री डा. महतले आयातित सामाग्रीमा लेबलिङ गर्न आवश्यक रहेको बताए । अर्थमन्त्री महतले लेबलिङले अवैध रुपमा भित्रिने समानहरुलाई नियन्त्रण गर्न सहयोग गर्ने स्पष्ट पार्दै सबैले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।

उनले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या विस्तारै कम हुँदै गएको र वैदेशिक सञ्चिति सुधारन्मुख रहेको बताए । अर्थमन्त्री महतले बैंकहरुको उच्च ब्याजदरका कारण अर्थतन्त्रमा पुंजी प्रवाहमा देखिएको समस्या केही हदसम्म सम्बोधन भएको दाबी गरे । उनले जलवायु परिवर्तनका कारण समयमा वर्षा नहुँदा तराई मधेशका जमिनहरु बाझो भएको र यसले खाद्यान्न तथा खानेपानीको अभाव सृजना गरेको भन्दै चिन्ता व्यक्त गरे । यसको दिर्घकालिन समाधानतर्फ सरकार गम्भीर रहेको अर्थमन्त्री महतको भनाई थियाे ।

अर्थमन्त्री महतले दुई दशकदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुर्नसञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गरिरहेको पनि वताए ।  उनले भने,‘ चिनी कारखाना पुन: सञ्चालन गरिन्छ नै भनेर अहिले भन्न सकिने अवस्था छैन । यसका लागि सरकारले सम्भाव्यता अध्ययन भइरहेको छ, यो काम सकेपछि मात्रै चलाउने वा नचलाउने भन्ने कुराको टुङगो लाग्छ ।” चिनी कारखना चलाउछ भनेर सरकारले अहिले हचुवाको भरमा घोषणा नगर्नेपनि उनले प्रष्ट पारे ।

अर्थमन्त्री महतले वीरगंजस्थित कृषि औजार कारखाना मर्मत सम्भारगरि पुन: सञ्चालनमा ल्याउनका लागि अर्थमन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रलाई तत्कालका लागि एक करोड रुपैया बजेट उपलब्ध गराइसकेको जानकारी पनि गराए ।

केन्द्रका अध्यक्ष महावीर पुनले सरकारले सम्झौता अनुसार अर्थमन्त्रालयले बजेट नदिएका कारण कारखाना मर्मत सम्भारका लागि रकम जुटाउन आफुले पाएका मेडलहरु लिलामीमा राखेको पोष्ट साममाजिक सञ्जालमा राखेका छन् ।

त्यहि प्रसंग बारे सोधिएको प्रश्नमा अर्थमन्त्री महतले भने,‘ सरकारसंगको सम्झौता अनुसार केन्द्रलाई २५ करोड रुपैया दिने उल्लेख छ । त्योमध्ये हालका लागि १ करोड रुपैयाँ अर्थमन्त्रालयले निकासा गरिसकेको छ, बाँकी रकम आवक्श्यकता अनुसार व्यवस्थापन गरिनेछ ।

दुई दशकदेखि बन्द कृषि औजार कारखाना मर्मतसम्भार गरि १० वर्षसम्म सञ्चालनको जिम्मा केन्द्रलाई सरकारले दिएकोे छ ।

प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा काँग्रेस केन्द्रिय सदस्य अजय चौरसिया, काँग्रेस पर्साका सभापति एंव प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री, प्रदेश सरकारका पूर्वमन्त्री ओम प्रकाश शर्मा, कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, कांग्रेस नेताहरु राकेश सिंह, प्रकाश उपाध्याय, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान लगायतको पनि उपस्थिती थियो । पत्रकार सम्मेलनकाे संचालन प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति साहले गरेका थिए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सरुवामा असन्तुष्ट ‘जेन जेड’ अभियानका अगुवा अधिकृत घिमिरेको राजीनामा

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, सिंहदरबारमा कार्यरत शाखा अधिकृत गणेश घिमिरेले निजामती सेवाबाट राजीनामा दिएका छन्। ‘जेन जेड’ कर्मचारीहरूको नेतृत्व गर्दै...

परवानीपुर गोल्डकप : निजगढ फुटबल क्लब सडेनडेथमा बिजयी

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको आइतबारको खेलमा निजगढ फुटबल क्लब निजगढले सडेनडेथमा जित निकालेको छ । परवानीपुर खेल मैदानमा जारी दोस्रो दिनको खेलमा...

सर्वोच्चको फैसला कार्यान्वयनसँगै वीरगंज मेनरोड विस्तार सुरु, “कानुनभन्दा माथि कोही छैन”

वीरगंज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार कार्य अन्ततः कार्यान्वयन चरणमा पुगेको छ। अधिवक्ता चन्द्रिका पटेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उक्त कार्य...