Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

एक दर्जन भन्दा बढी पर्साका नेताहरु एमाले प्रबेश

spot_img
spot_img

वीरगंज । नेकपा माओवादी केन्द्र परित्याग गरेर पर्साका एक दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरु आज नेकपा एमालेमा प्रबेश गरेका छन् ।

माओवादी केन्द्रका नेता बिरेन्दर यादव, सलाउदिन अहमद, कृष्ण मोहन यादव, दिपेन्द्र कुमार चौधरी लगायतका १५ जना नेकपा एमालेमा प्रवेश गरेकाे एमाले वीरगंज महानगर कमिटीका सचिव सुरेन्द्र कुर्मीले जानकारी दिए ।
 
एमाले प्रबेश गर्ने नेताहरु एक बर्ष पहिला मात्र जनता समाजवादी पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रबेश गरेका थिए ।
 
नव प्रवेशी सबै जनालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रमका बिच खादा ओढाएर पार्टीमा स्वागत गरेका हुन् ।
 
काठमाडाैंस्थित केन्द्रिय पार्टी कार्यालयमा भएकाे पार्टी प्रबेश कार्यक्रममा एमालेका नेता सुमन प्याकुरेल, अच्युत मैनाली, निर्मला देवकोटा, प्रभु हजरा, जालिम मियाँ, मनोज गुप्ता, शिवजी साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...