Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

मानव अधिकार समाजद्वारा निशुल्क सुगर जाँच शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय वीरगंजकाे आयाेजनामा शनिवार निःशुल्क सुगर परिक्षण शिविर सम्पन्न भएकाे छ ।

वीरगंज ४ स्थित अमर चौकमा भएकाे शिविरकाे‍ शुभारम्भ वीरगंज महानगरपालिका वडा नं ४ का वडाध्यक्ष जगत साह कानुले सुगर चेक जाँच गराई गरेका थिए । 

उक्त शिविरमा नारायणी अस्पतालका फिजिसियन डा. निरज कुमार सिंहले चेक जाँच गरेका थिए । शिविरमा ५३ महिलासहित १४७ जनाले स्वास्थ्य सेवा लिएको समाजका सभापति कृष्ण कुमार खनालले जानकारी दिए ।

समाजका सभापत्ति खनालको सभापतित्व र वडाध्यक्ष कानुकाे प्रमुख आतिथ्यतामाच भएकाे शिविरमा समाजका उप-सभापत्ति नन्दि किशोर यादव, महा सचिव दिपक साह कानु, कोषाध्यक्ष उर्मिला कुशवाहा, सचिव आशिष कुमार, केन्द्रिय सदस्यहरु संदिप चौरसिया, लालबाबु प्रसाद गुप्ता, निर्मला कुशवाहा, आशा देवी, सिता उप्रेती, विभा पराजुली, पुर्व महासचिव ध्रुव अधिकारी, वीरगंज जेसिसका पूर्व अध्यक्षहरु निशान्त लामिछाने, सन्तोष कुमार खनाल लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...