Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

जनमतले वीरगंजमा बजेट जलायाे

spot_img
spot_img

वीरगंज । संघीय सरकारको बजेट मधेश विरोधी भएको भन्दै जनमत पार्टीले बजेटकाे प्रतिलिपि जलाएको छ । जनमत पार्टी पर्साले विहीबार वीरगंजस्थित घण्टाघरमा बजेट जलाउँदै संशोधन नभए संघर्ष जारी राख्ने चेतावनी दिएको हो ।

मधेशी जनताबाट कर उठाउने तर मधेशीलाई बजेट नदिने प्रबृतिकै पुर्नावितृ भएको भन्दै बजेट जलाइएको जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफले बताए । बजेट दहन कार्यक्रममा पूर्वमन्त्री करिमा बेगमले मधेशीहरुमाथि औपनिवेशिक शासन जारी रहेको भन्दै यस्तो बजेट स्वीकार नगर्ने चेतावनी दिइन् ।

जनमत पार्टीका नेता सशी कपुर मियाले सरकारले विभेद नराेके पुनः मधेशमा आन्दोलन चर्किनो बताए ।

कार्यक्रममा जनमत पार्टीका नेता बीपी साह, प्रहलाद गिरी, मुकेश द्विवेदी, डा. अजय यादव, माधव सिंह लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...