Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

अतिरिक्त हुलाक खारेजीकाे विराेधमा कर्मचारीहरु आन्दाेलित

spot_img
spot_img

वीरगंज । सरकारले गरेकाे अतिरिक्त हुलाक कार्यालय खारेजीकाे विराेधमा देशभर जस्तै पर्साका अतिरिक्त हुलाकका कर्मचारीहरु पनि आन्दाेलित भएका छन् ।

गणतन्त्र दिवसको दिन जेठ १५ गते बजेट भाषणकाे क्रममा सरकारले अतिरिक्त हुलाक खारेजकाे घोषण गरेकाे गरेकाे थियाे । साेहीकाे विराेधमा पर्साका अतिरिक्त हुलाक कर्मचारीहरु हात्तमा कालाे पटी बाँधी पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउनुकाे साथै पत्रकार सम्मेलनकाे आयाेजना गरेका हुन् ।

नेपाल अतिरिक्त हुलाक कर्मचारी एशाेशिएसन पर्साले बिहिबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै सरकारले देशभरका अतिरिक्त हुलाक कार्यालय खारेज गरेर हुलाक कर्मचारीहरु माथि अन्याय गरेकाे आराेप लगाएकाे छ ।

एशाेशिएसनले अतिरिक्त हुलाक निमावली २०३४ लाई परिमार्जिन गरी निजामती कर्मचारी सरह सुविधाको व्यवस्था गर्न, घोषित खारेजी बदर गरी अतिरिक्त हुलाकलाई प्रविधि मैत्री बनाई कार्य संचालन सुचारु गर्न, सरकारको एक पालिका एक हुलाकको निति भित्र हाल देश भर कार्यरत एक हजार ८ सय ५३ कर्मचारीको व्यवस्थापन गर्न माग गरेकाे छ ।

यसैगरी उमेरको हदबन्दीको कारण हटनुपर्ने कार्यरत कर्मचारीहरुको वर्गिकरण गरी उचित सेवा सुविधा सहित उपदान औषधी उपचार विमारी विदा सहितको एकमुष्ठ रकम उपलब्ध गर्नु पर्ने, नियमिति खाई आएको मासिक पारिश्रमिक वृद्धि तलब रकम आ.व. २०७८/०७९ को पाउनु पर्ने, बाकी रकम एकमुष्ठ उपलब्ध गराउन पर्ने र सरकारले अघि सारेकाे एक स्थानिय तह एक हुलाकाे अवधारणामा पहिलो स्थानमा खारिजीमा परेकाहरुलाई दिनु पर्ने एशाेशिएसनकाे माग रहेकाे छ ।

साथै एशाेशिएसनले प्रति दिन रु. २ सय ५० को दरले न्यून पारिश्रमिक स्वरुप लिएर काम गर्ने हामी अतिरिक्त हुलाक कर्मचारीहरु हदै सम्मको मार्कामा परेकोले श्रम ऐनबाट तोकिएको स्वीकृत पारिश्रमिक रु. ८ सयको दरले दैनिक रकम उपलब्ध गराउन अनुरोध पनि गरेकाे छ ।

हाम्रो माग प्रति समबन्धित निकायले वेवास्ता राखी दमन गर्न खोजे मार्ग प्रसस्त र निकाश नदिएमा हाम्रो माग पुरा नगरिएमा नेपाल अतिरिक्त हुलाक केन्द्रिय एशोसिएसनको निर्देशन अनुसार हामी देशभरका हुलाक कर्मचारीहरु सरकारको विरुद्धमा आन्दोलनमा जान बाध्य हुने एशाेशियसन पर्साका अध्यक्ष रामबहादुर श्रेष्ठले वताए ।

सरकारकाे खारेजीले देश भरको २०७४ अतिरिक्त हुलाक र त्यसमा कार्यरत एक हजार ८ सय ५३ कर्मचारीहरु वरखास्तमा परेकाे उनले वताए । सरकारले न्यून तलबमा काम गर्ने कर्मचारीकाे पेटमाथि  लात हान्न काम गरेकाे उनले दुखेसाे पाेखे । उनका अनुसार पर्सामा एक सय ९३ जना अतिरिक्त हुलाक कर्मचारी रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...