Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

प्रहरीले दु:ख दिएकाे ट्रान्सपोर्ट एसोसिएसनकाे आराेप

spot_img
spot_img

वीरगंज । ट्रान्सपोर्ट एसोसिएसन संघ वीरगंजले पछिल्लो समय प्रहरीले चेकजाँचको नाममा ट्रान्सपोर्टको माल समान रोकेर दु:ख दिएकाे आराेप लगाएका छन् । ट्रान्सपोर्टबाट गाडी ढुवानीको माल समान लोड गरेर गन्तव्य तर्फ निस्किदा प्रहरीले अनावश्यक रूपमा पक्राउ गरेर दु:ख दिएको भन्दै उनीहरूकाे आराेप छ ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर एसोसिएसन संघले प्रहरीले चेकजाँचको नाममा अनावश्यक रूपमा दिदै आएको दु:खलाई नरोके ढुवानी ठप्प पार्ने चेतावनी दिएका हुन । पत्रकार सम्मेलन अगाडि एसोसिएसन संघले पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पनि ज्ञापनपत्र बुझाउदै तीन दिन भित्र प्रहरीले यस्ता गतिविधि नरोके ढुवानी रोक्ने चेतावनी दिएका थिए ।

उनीहरूले प्रहरीलाई ट्रान्सपोर्टबाट रकम माग गरेको तर नदिए गाडी रोकेर दु:ख दिदै आएको संघका सचीव नवराज अधिकारीले बताए । उनका अनुसार नेपाली माल समान लोड गर्दा पनि प्रहरीले गाडीलाई रोकेर चेकजाँच गरेर गाडीलाई होल्ड गरेर ढुवानी ब्यवसायीलाई समस्या पारेको छ ।

प्रहरीले घुमुवा पठाएर रकम माग गर्न लगाएको र नदिएपछि दु:ख दिने नियतले पक्राउ गर्न लगाएको उनको आरोप छ । पत्रकार सम्मेलनमा एसोसिएसन संघका उपाध्यक्ष प्रवीण कर्णको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एसोसिएसन संघका कोषाध्यक्ष जिवेश मिश्र लगायतकाको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...