Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

प्रहरीले दु:ख दिएकाे ट्रान्सपोर्ट एसोसिएसनकाे आराेप

spot_img
spot_img

वीरगंज । ट्रान्सपोर्ट एसोसिएसन संघ वीरगंजले पछिल्लो समय प्रहरीले चेकजाँचको नाममा ट्रान्सपोर्टको माल समान रोकेर दु:ख दिएकाे आराेप लगाएका छन् । ट्रान्सपोर्टबाट गाडी ढुवानीको माल समान लोड गरेर गन्तव्य तर्फ निस्किदा प्रहरीले अनावश्यक रूपमा पक्राउ गरेर दु:ख दिएको भन्दै उनीहरूकाे आराेप छ ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर एसोसिएसन संघले प्रहरीले चेकजाँचको नाममा अनावश्यक रूपमा दिदै आएको दु:खलाई नरोके ढुवानी ठप्प पार्ने चेतावनी दिएका हुन । पत्रकार सम्मेलन अगाडि एसोसिएसन संघले पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पनि ज्ञापनपत्र बुझाउदै तीन दिन भित्र प्रहरीले यस्ता गतिविधि नरोके ढुवानी रोक्ने चेतावनी दिएका थिए ।

उनीहरूले प्रहरीलाई ट्रान्सपोर्टबाट रकम माग गरेको तर नदिए गाडी रोकेर दु:ख दिदै आएको संघका सचीव नवराज अधिकारीले बताए । उनका अनुसार नेपाली माल समान लोड गर्दा पनि प्रहरीले गाडीलाई रोकेर चेकजाँच गरेर गाडीलाई होल्ड गरेर ढुवानी ब्यवसायीलाई समस्या पारेको छ ।

प्रहरीले घुमुवा पठाएर रकम माग गर्न लगाएको र नदिएपछि दु:ख दिने नियतले पक्राउ गर्न लगाएको उनको आरोप छ । पत्रकार सम्मेलनमा एसोसिएसन संघका उपाध्यक्ष प्रवीण कर्णको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एसोसिएसन संघका कोषाध्यक्ष जिवेश मिश्र लगायतकाको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...