Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

वीरगंज २१ मा वडा कार्यालयकाे भवन शिलान्यास

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २१ मा निर्माण हुने वडा कार्यालय भवनको शुक्रवार शिलान्यास गरिएको छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादव र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले संयुक्त रुपमा हिन्दू धर्म संस्कृति अनुसार पूजापाठ गर्दै वडा कार्यालय भवनको शिलन्यास गरेका हुन् ।

शिलान्यास गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद) यादवले भवन निर्माणसँगै वडा कार्यालयबाट हुने सेवा प्रवाहमा सहजता आउने विश्वास व्यक्त गरे । आफ्नै भवन भएपछि हाल पूरानो पूर्वाधारसहितको साँघुरो भवनबाट सञ्चालित वडा कार्यालयबाट सेवाग्राहीले भोगिरहेको सास्तीको पनि अन्त्य हुने उनको विश्वास छ ।

जनतासँग प्रत्यक्ष रुपमा काम गर्ने सरकार भनेकै स्थानीय तह भएको बताउँदै उनले भने, ‘गुणस्तरीय र जनअपेक्षा अनुसार सेवा प्रदान गर्न कार्यालयको ठूलो भूमिका हुन्छ । हालको वडा कार्यालयमा कुनै पनि सुविधा छैन । सेवाग्राहीका लागि राम्रोसँग बस्ने ठाउँको समेत व्यवस्था छैन,’ उनले भने, ‘नयाँ भवन बनेपछि सबै समस्याको समाधान हुने मैले विश्वास लिएको छु ।’

पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले एक फरक प्रसङ्गमा बोल्दै सङ्घ सरकारले वीरगंज महानगरलाई हेपेको आरोप लगाए । ‘मधेश प्रदेशको एक मात्र महानगर वीरगंज हो । तर सङ्घ सरकारले वीरगंजका लागि पठाएको बजेट पर्याप्त छैन । बढी राजश्व उठ्ने र पूर्वाधार निर्माणको आवश्यकता रहेको वीरगंजलाई ठूलो अनुदान दिनुपर्नेमा काठमाडौँलाई धेरै अनुदान दिने सरकारको नीति गलत छ,’ उनले भने । वीरगंजकाे विकासका लागि विशेष प्याकेज ल्याउन आफू लागिपरेको उनले सुनाए ।

शिलान्यास कार्यक्रमका विशिष्ट अतिथी वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले छिट्टै महानगरका प्रत्येक वडाले आफ्नै भवनबाट कार्यालय संचालन गर्ने बताए । बाँकी रहेका वडाहरुमा पनि पर्याप्त सुविधासहितको वडा कार्यालय भवन बनाउन बजेट व्यवस्थापनमा आफूहरु लागेको उनले बताए ।

“वैभव वीरगंज” को सपनालाई साकार पर्न आफूलाई नगरवासीको साथको खाँचो रहेको बताउँदै उनले भने, ‘मेरो कल्पना अनुसारको वैभव वीरगंज बनाउन मलाइ नगरवासीको साथको खाँचो छ । विगतका एक वर्षमा मैले महानगरमा रहेको नीतिगत एवम् संरचनागत समस्यालाई समाधान गरे । अब विकास निर्माणको कामलाई गति दिन्छु । परवानीपुरसहितका सम्पूर्ण ग्रामिण वडालाई प्रमुख बजारसँग जोड्न सडकदेखि अन्य आवश्यक पूर्वाधारको काम पनि छिट्टै अगाडि बढ्छ ।’

कार्यक्रममा वडाका वडाध्यक्ष राधाकृष्ण साह रौनियार, निवर्तमान वडाध्यक्ष हबिब मियाँ लगायत स्थानीय बुद्धिजीवी, अग्रज, समाजसेवी र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति थियो ।

महानगरको नगरस्तरीय १ करोड ७ लाख रुपैयाँ बजेटमा बन्न लागेको वडा कार्यालय भवन निर्माणको ठेक्का दिव्य सूर्योदी आस्था जेभी, वीरगंजले पाएको छ । शिलन्यास भएको मितिदेखि ९ महिना भित्र निर्माण सम्पन्न हुने दुई तल्ले भवनमा १२ कोठा हुनेछन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...