Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

वीरगंजमा पुन: जेठ २६ र २७ गते रात्रि बजार लाग्ने

spot_img
spot_img

वीरगंज । वीरगंजमा यही जेठ २६ र २७ गते रात्रि बजार लगाउने गरि तयारी अघि बढाइएको छ । हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार संचालन गर्ने पूर्व घोषित कार्यक्रम अनुरुप यस महिना पनि रात्रि बजार लगाउने तयारी अघि बढाइएको हो ।

रात्रि बजार संचालनको तयारीका लागि शुक्रबार महानगरमा सरोकारवालाहरुबीच छलफल भएको छ । छलफलले यस पटक पनि आदर्शनगर क्षेत्रमा रात्रि बजार प्रभावकारी रुपमा संचालन गर्न आवश्यक तयारी अघि बढाउने निर्णय गरेको छ ।

वीरगंजकाे अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले नयाँ वर्षदेखि सुरु गरिएको रात्रि बजारलाई अहिले महिनाको अन्तिम शुक्रबार र शनिबार गरि २ दिन संचालन गरिँदै आएको छ । रात्रि बजार व्यवस्थापन समितिको शुक्रबार बसकाे बैठकले रात्रि बजार प्रभावकारी भएको भन्दै आउँदा दिनमा यसलाई अझै विस्तार गर्दै लैजाने निर्णय पनि गरेको छ ।

बैठकमा महानगर प्रमुख राजेशमान सिंहले आउँदा दिनमा घण्टाघरदेखि आदर्शनगर, घडिअर्वा लगायतका क्षेत्रलाई समेटेर रात्रि बजारलाई विस्तार गर्दै लैजाने गरि आवश्यक तयारी अघि बढाउन समितिलाई आग्रह गरेका हुन् ।

वीरगंजकाे बजार अवेर सम्म संचालन हुने वातावरण बनाउन आफूले रात्रि बजारको अवधारणा अघि बढाएको भन्दै उनले यसका लागि यहाँका उद्योगी, व्यवसायी तथा स्थानीय नै अघि सर्नु पर्ने बताए । महानगर प्रमुख सिंहले रात्रि बजार व्यवसाय चलायमान बनाउनका लागि पहल थालिएको भन्दै यसलाई निरन्तरता दिन अब यसको नेतृत्व वीरगंज उद्योग वाणिज्य संघले लिनु पर्ने पनि बताए ।

अहिले महिनामा २ दिन मात्रै चलिरहेको रात्रि बजारलाई आफूले हरेक दिन देख्न चाहेको भन्दै त्यस अनुरासको सुरक्षा व्यवस्था र भन्सार खुला गर्ने जिम्मेवारी लिन आफू तयार रहेको पनि उनले बताए ।

बैठकमा उद्योग वाणिज्य संघ वीरगंजका अध्यक्ष अनिल अग्रवालले महानगरले यहाँको बजार चलायमान बनाउन गरेको प्रयास सह्रानीय रहेको भन्दै आउँदा दिनमा यसलाई संचालन गरेर अघि बढ्नु पर्ने जिम्मेवारी आफूहरुको रहेको धारणा व्यक्त गरे ।

रात्रि बजारमा थरिथरिका स्टल राखिने र विशेष गरेर विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टल राखिने रात्रि बजार व्यवस्थापन समितिका सदस्य जयप्रकाश खेतानले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...