Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पांच दिने उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजकाे पत्रकारिता क्षेत्रको विकास र सशक्तिकरणका लागि संस्थागत रुपमा सहयोग गर्न महानगर तयार रहेको बताएका छन् ।

रेडियो वीरगंज, टिभि वीरगंज र मधेशदृष्टिकाे संयुक्त आयोजनामा भएकाे उद्घोषण तथा आधारभूत पत्रकारिता विषयक तालिमको बिहीबार समापन कार्यक्रममा बोल्दै मेयर सिंहले यस्तो बताएका हुन् । उनले भने,,‘ वीरगंजकाे पत्रकारीता र पत्रकारहरुलाई सशक्त बनाउन के के सहयोग चाहिन्छ ? त्यसकालागि तपाईहरु प्रस्ताव लिएर आउनुस्, महानगर सहयोग गर्न तयार छ ।’

मेयर सिंहले कुनै व्याक्ति वा दल विशेषको लागि नभई समाजका लागि पत्रकारिता गर्न आग्रह पनि गरे । उनले पत्रकारीतामा पनि केहि विकृति रहेको औंल्याउदै उनले त्यसलाई सुधार गर्नु पर्नेमा जोड दिए ।

रेडियो वीरगंज, टिभि वीरगंज र मधेशदृष्टिका अध्यक्ष ध्रुब साहको अध्यक्षतामा भएको तालिमको ससमापन कार्यक्रममा तालिममा भाग लिएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा तालिमका मुख्य प्रशिक्षक समेत रहेका वरिष्ठ साहित्यकार एंव पत्रकार डाक्टर नवराज लम्साल र मधेसदेष्टि पत्रिकाका प्रधान सम्पादक रामकुमार एलनलाई दोशल्ला ओढाएर सम्मानित पनि गरिएको थियो ।

समापन कार्यक्रममा ममधेस विश्व विद्यालयका उपकुलपति डाक्टर दिपक शाक्य, नेपाल पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जारा , पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , उद्योगपति अशोक बैद्य, प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गाैतम, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेल, प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति साह लगायतकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमको सहजीकरण रेडियो वीरगंज समाचार प्रमुख ध्रुब अधिकारीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...