Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

दुई दशकपछि वीरगंजका ठूला नाला सफाई हुँदै

spot_img
spot_img

वीरगंज । एकैछिनको वर्षाले जलमग्न हुने जिल्ला प्रशासन कार्यालय पर्सा (सिडिओ अफिस) नजिकको नाला दुई दशकपछी सफा गरिएको छ । सिडिओ अफिस अगाडीको नाला वीरगंज महानगरपालिकाको स्काभेटर र सरसफाई कर्मचारीले दुई दशकपछी सफा गरेका हुन् ।

नाला सफा गर्नका लागि सिडिओ अफिस बाहिरको पर्खालसमेत भत्काउनु परेको महानगरपालिकाको सरसफाई शाखा प्रमुख सर्फुदिन मियाँले बताए । उनले भने, ‘बिसौँ वर्षपछि यो नाला सरसफाई गरेका हौँ । महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा महानगरमा हुने डुबानको जोखिमलाई कम गर्नका लागि ठाउँठाउँमा वर्षाैँदेखि सफा नगरिएका नाला सरसफाई गर्ने क्रम जारी नै छ ।’

नाला सफा गरिएसँगै डुबानको जोखिम कम भएको र भएपनि विगतको जस्तो नहुने मियाँको विश्वास छ । आफ्नै कार्यकालमा महानगरका हरेक नालालाई सफा गरेर व्यवस्थित गर्ने महानगर प्रमुख राजेशमान सिंहको प्रतिबद्धता छ  । महानगरले अघि सारेको सफा र स्वच्छ वीरगंज बनाउने अभियानमा हातेमालो गर्दै नालामा फोहोर नफालेर ढल मात्रै बग्न दिन उनले महानगरबासीसँग आग्रह गरेका छन् ।

महानगरबासी जिम्मेवार भएर फोहोर सबै डस्टबिन र फोहोर उठाउने गाडीमा फाल्ने हो भने नालामा ढलको पानी मात्रै बग्ने र जसले गर्दा डुबान नहुने सिंहको बुझाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...