Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

दुई दशकपछि वीरगंजका ठूला नाला सफाई हुँदै

spot_img
spot_img

वीरगंज । एकैछिनको वर्षाले जलमग्न हुने जिल्ला प्रशासन कार्यालय पर्सा (सिडिओ अफिस) नजिकको नाला दुई दशकपछी सफा गरिएको छ । सिडिओ अफिस अगाडीको नाला वीरगंज महानगरपालिकाको स्काभेटर र सरसफाई कर्मचारीले दुई दशकपछी सफा गरेका हुन् ।

नाला सफा गर्नका लागि सिडिओ अफिस बाहिरको पर्खालसमेत भत्काउनु परेको महानगरपालिकाको सरसफाई शाखा प्रमुख सर्फुदिन मियाँले बताए । उनले भने, ‘बिसौँ वर्षपछि यो नाला सरसफाई गरेका हौँ । महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा महानगरमा हुने डुबानको जोखिमलाई कम गर्नका लागि ठाउँठाउँमा वर्षाैँदेखि सफा नगरिएका नाला सरसफाई गर्ने क्रम जारी नै छ ।’

नाला सफा गरिएसँगै डुबानको जोखिम कम भएको र भएपनि विगतको जस्तो नहुने मियाँको विश्वास छ । आफ्नै कार्यकालमा महानगरका हरेक नालालाई सफा गरेर व्यवस्थित गर्ने महानगर प्रमुख राजेशमान सिंहको प्रतिबद्धता छ  । महानगरले अघि सारेको सफा र स्वच्छ वीरगंज बनाउने अभियानमा हातेमालो गर्दै नालामा फोहोर नफालेर ढल मात्रै बग्न दिन उनले महानगरबासीसँग आग्रह गरेका छन् ।

महानगरबासी जिम्मेवार भएर फोहोर सबै डस्टबिन र फोहोर उठाउने गाडीमा फाल्ने हो भने नालामा ढलको पानी मात्रै बग्ने र जसले गर्दा डुबान नहुने सिंहको बुझाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुरको छोट्की पिडारीमा १० लाखको लागतमा छठघाट निर्माण सुरु

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...

वीरगञ्ज भन्सारले असोजमा लक्ष्यभन्दा २६ करोड बढी राजस्व उठायो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले गत असोज महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ...

अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

वीरगञ्ज। अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा नेपाल भित्र्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले...