Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

रेडियाे वीरगंजकाे आयाेजनामा आधारभुत पत्रकारिता तालिम सुरु

spot_img
spot_img

वीरगंज । रेडियाे वीरगंजले एक हप्ते उदघाेषक तथा आधारभुत पत्रकारिता तालिम सञ्चालन गरेकाे छ । वीरगंजस्थित हाेटल पुजनमा आइतबारदेखि सञ्चालित तालिमको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका हुन् ।

उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै मेयर सिंहले आफ्नो याे कार्यकालमा यहाँका सबै पत्रकारहरु एकढिक्का भएर अगाडि बढेकाे हेर्न चाहेकाे बताए । वीरगंजका पत्रकारहरुलाई लक्षित गर्दै उनले भने, यदि मेरा कमिकमजाेरि भए निर्धक्क भएर लेख्नु हाेस्, मलाई कुनै आपत्ति छैन, त्यसले मलाई सच्चिने अवसर दिन्छ । तर यदि राम्रो काम गरेकाे छु भने त्यसबारे पनि निष्पक्ष भएर  लेख्न आग्रह गर्छु ।’

वीरगंजकाे पत्रकारितामा पनि केही सुधारकाे आवश्यकता रहेकाेले यसमा ध्यान दिन पत्रकार सम्बद्ध संघ/संगठनका अगुवाहरुकाे ध्यानाकर्षण पनि उनले गराए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चाैहानले मुलुकमा आर्थिक मन्दीसंगै मिडिया क्षेत्र पनि संकटमा परेकाे बताए । पत्रकारिता क्षेत्रमा पनि केही विकृति भित्रीएकाेमा चिन्ता व्यक्त गर्दै उनले यसमा शुद्धीकरणकाे अपरिहार्यता रहेकाे बताए । पित्त पत्रकारिता नगर्न आग्रह गर्दै उनले भने, ‘पत्रकारिता क्षेत्रमा भविष्य छ, त्यसका लागि समुदायका लागि पत्रकारिता गर्नुपर्छ ।’

तालिमका मुख्य प्रशिक्षक डाक्टर नवराज लम्सालले जागिरकाे लागि मात्रै पत्रकारिता नगर्न वा याे क्षेत्रमा नआउन तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई आग्रह गरे । उनले रेडियाे र रेडियाे कर्मीहरु खतराकाे माेडमा रहेकाे वताउँदै खतराबाट बच्न नयाँ दखल र प्रयासमा लाग्नु पर्ने वताए ।

रेडियाे वीरगंजका अध्यक्ष ध्रुब साहले वीरगंजका सञ्चार गृहमा अहिले जनशक्ति अभाव भएकाे बताए । त्यसैलाई मध्यनजर गरि तालिमकाे आयाेजना गरिएको बताउँदै उनले तालिममा सहभागि १५ जना प्रशिक्षार्थीहरु मध्ये ६ जनालाई रेडियोमा राेजगारी दिने याेजना रहेकाे वताए ।

साहकै अध्यक्षतामा भएकाे तालिम उद्घाटन कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, बानका पूर्व मधेस प्रदेश महासचिव आर सी यादव, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेल, नेपाल प्रेस युनियन पर्साका निर्वतमान अध्यक्ष रामनारायण कुर्मी, उपाध्यक्ष क्रान्ति शाह,  मेयर राजेशमान सिंहका प्रेस सल्लाहकार महेश दास, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, मधेसदृष्टी पत्रिकाका प्रधान सम्पादक रामकुमार एलन, रेडियाे पाेखरियाका अध्यक्ष छठु साह लगायतकाे पनि उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सहजिकरण संचारकर्मी ध्रुब अधिकारीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...