Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

पचास रुपैयाँमै खाना पाईने भरपेट भोजनालय पुनः संचालन हुने

वीरगंज । वीरगंजमा गरिब विपन्न र मजदुरहरुलाई ५० रुपैयाँमै खाना खुवाँउदै आएको भरपेट भोजनालय जेठ पहिलो सात्तादेखि पुनः सन्चालनमा आउने भएको छ ।

- Advertisement -

सानो पाइला नामक सामाजिक संस्थाले गरिब विपन्न मजदुर र विधार्थीका लक्षित गरि सन्चालन गरेको भरपेट भोजनालय खर्च थेग्न नसकेको भन्दै चार महिना अघि बन्द भएको थियो । भोजनालय सन्चालनमा रहेको १७ महिनाको अवधीमा संस्थाले २८ लाख ७४ हजार रुपैयाँ घाटा व्यवहोर्नु परेको र त्यो रकम संस्थाको कोषबाट पुर्ति गर्नु परेको संस्थाका संस्थापक एंव सल्लाहकार कञ्चन झाले जानकारी दिए ।

उनले भने,‘ संस्थाको कोषपनि रित्तिएपछि अन्त्यमा केहि विल्कप नभएपछि गत पुष ११ देखि भोजनालय बन्द गर्नु पर्ने बाध्यता भयो ।

आर्थिक नगरी वीरगंजमा विशुद्ध सेवाभावले गरिब विपन्नका लागि सन्चालित भोजनालय बन्द भएको ४ महिना भइसक्दा समेत यसलाई पुन: सन्चालनका लागि कसैले चासो नलिदाँ दुख समेत लागेको झाले बताए ।

झाले भने,‘ यो सन्चालन गर्दाखेरि नै हामीले यसको स्वामित्व र अपन्तव स्थानीय सरकार वा प्रदेश सरकारले लिओस् भन्ने हाम्रो अपेक्षा र चाहना थियो, तर ती दुवैमध्ये कोहि पनि अगाडि सरेरनन्,जसका कारण चार महिनादेखि भोजनालय बन्द छ ।

स्थानीय सरकार र प्रदेश सरकारले चासो नदिएपनि गरिब, विपन्न र मजदुरको आशाको केन्द्र बनेको भोजनालय पुन सन्चालनका लागि अब संस्था आफैले दाताहरु खोजिरहेको झाले बताए । उनले पनि भने,‘ केहि दाताहरु अगाडि सरिसक्नु भएको छ, त्यसकारण जेठ पहिलोसाता देखि फेरि सन्चालनमा ल्याउने तयारीमा लागिसकेका छौं । स्थानीय सरकारले यसको स्वामित्व लिओस् भन्ने अपेक्षा अझैैपनि रहेको उनले बताए ।

बढ्दो महङगीका कारण खर्च थेग्न नसकेर चार महिना पहिले बन्द गरिएको भरपेट भोजनालय फेरि सन्चालनमा ल्याउने तयारी भइरहेको सानो पाइलाका संस्थापक दिपक बहादुर श्रेष्ठले बताए ।

शुक्रबार आयोजित पत्रकार भेटटघाट कार्यक्रममा उनले भने,‘ चार महिनादेखि भोजनालय बन्द छ, तर अहिलेपनि न गरिब , विपन्न र मजदुरहरु खाना खोज्दै दिनहँु यहाँ आउछन्, बन्द भएको देखेर निराश भएर फर्किन्छन्, त्यसका कारण खर्चको व्यवस्थापन गरेर फेरि जेठ पहिलो सातादेखि सन्चालनमा ल्याउने तयारीमा जुटेका छौं ।

भोजनालय पुन सन्चालनका लागि दीर्घकालीन उपाय खोज्नमा लागिरहेको भन्दै उनले भने,‘ दाताहरुबाट अहिलेसम्म ३० प्रतिशत रकम जम्मा भइसकेको छ , अब बाँकी रहेको ७० प्रतिशत रकम पनि दाताहरुबाटै जुटाउने अभियानमा लागिरहेका छौं ।

यसका लागि वीरगन्ज महानगरपालिकासंग पनि समन्वय गरिरहेको श्रेष्ठले बताए । श्रेष्ठले भने,‘ डेढ वर्षपहिले भरपेट भोजनालय सन्चालन गर्दाकै ताका यसको स्वामित्व स्थानीय सरकारले लिओस् भन्ने हाम्रो चाहना थियो तर त्यसो हुन सकेन, अहिले भने मेयरसाबसंग कुरा भएको छ , उहाँ सकरात्मक हुनुहुन्छ ।

वीरगंज महानगरपालिकाको मुर्लीमा २०७८ साउन ३१ गतेदेखि ५० रुपैयामा एक छाक खाना खुवाउने गरि भरपेट भोजनालय सन्चालनमा ल्याईएको थियो ।

व्यपारभन्दा पनि सेवामुखी उदेश्यले सन्चालित भोजनालय बढ्दो महङगीका कारण खर्च थेग्न नसकि घाटामा गएको भन्दै सानो पाइलाले उक्त भोजनालय २०७९ पुष ११ गतेदेखि बन्द गरिदिएको थियो ।

मासिक १ लाख ६२ हजार ९ सय रुपैया घाटामा जानथालेपछि गत पुष ११ गतेदेखि भोजनालय बन्द गर्नु परेको श्रेष्ठले बताए । भोजनालयको मासिक खर्च ५ लाख ६ हजार ६ सय ६७ रुपैया हुदै आएपनि आम्दानी भने ३ लाख ५८ हजार ७ सय ५० रुपैयाँ मात्रै हुने गरेको उनले बताए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा ६ केजीभन्दा बढी गाँजा सहित ४ भारतीय नागरिक पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध गाँजा सहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। साेमबार बिहान करिब ८:२० बजे वीरगंज महानगरपालिका वडा नं....

पर्सामा सशस्त्र प्रहरी बलको १९औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले १९औँ स्थापना दिवसकाे अवसरमा आयाेजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गणपति मोहन बहादुर...

परवानीपुर गोल्डकप : वीरगंज युनाइटेडको रोमाञ्चक जित

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न खेलमा वीरगंज युनाइटेड क्लबले सडेनडेथमा जित निकाल्दै प्रतियोगितामा प्रभावशाली सुरुवात गरेको छ। परवानीपुर खेल मैदानमा भएको...