Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

जनमत पार्टी पर्साको बिस्तारित बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । जनमत पार्टी पर्साको बिस्तारीत बैठक बिहिवार वीरगंजमा सम्पन्न भएको छ । वीरगंजस्थित क्लासिक बैन्केटमा बसेको बैठक पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतको प्रमुख आतिथ्यतामा वीरगंजमा बृहत पार्टी प्रवेश कार्यक्रम गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले पार्टीलाई जिल्लाको प्रत्येक वडा र टोल सम्म बिस्तार गर्ने, वर्गीय संगठनहरु र बिभागहरुलाई चुस्त दुरुस्त र पुनःगठन गर्ने, जनसरोकारकाका मुद्दा र समस्याहरुलाई उठान गरि संघर्स र पहल मार्फत सरोकारवालाहरु संग सम्बोधन गर्ने, गराउने लगायतको निर्णय गरे जनमत पार्टी पर्साका संयाेजक ओमप्रकाश सरार्फले जानकारी दिए ।

जिल्ला संयोजक सरार्फको अध्यक्षतामा बसेको बैठकमा सह इन्चार्ज मुकेश दिवेदी, जिल्ला सह संयोजक रामजी रौनियार, श्याम चौरसिया, डा अजय यादव, अधिवक्ता हरिहर साह कानु,अजय चौरसिया, महिला नेताहरु अनिता रौनियार, अन्जना गुप्ता, राजेश चौरसिया लगायतको उपस्थित रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...