Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

वीरगंजमा श्री नृसिंह भगवानको शोभा यात्रा तथा महाआरती हुने

spot_img
spot_img

वीरगंज । वीरगंजमा श्री नृसिंह भगवानको शोभा यात्रा तथा महाआरती हुने भएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ पिपरामा रहेकाे श्री नृसिंह भगवान पिपरामठ मन्दिर संरक्षण समितिले बैशाख २१ गते बिहिबार शाेभा यात्रा र महाआरतीकाे आयाेजना गर्न लागेकाे हाे ।

समितिले मंगलबार मन्दिर परिसर मै पत्रकार सम्मेलनकाे आयाेजना गरी आयाेजना गर्न लागेकाे शोभा यात्रा तथा महाआरती बारे जानकारी गराएकाे हाे । पत्रकार सम्मेलनमा वाेल्दै मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रबेश प्रसाद कुर्मीले १३५ बर्ष पुराेनाे मन्दिरलाई संरक्षण प्रबर्धनकाे लागि शाेभा यात्रा तथा महाआरती आयाेजना गर्न लागिएकाे वताए ।

श्री नृसिंह भगवानको जन्म उत्सवकाे अवसरमा विहिबार विहान ६:३० बजेदेखि मन्दिर परिसरबाट निस्कने शाेभा यात्रा नगर परिक्रमा पश्चात सम्पन्न हुने र पुन: विहिबार सांझ ७ बजे मन्दिर परिसर मै महाआरती हुने अध्यक्ष कुर्मीले वताए ।

उनले भने “पिपरा एक प्राचीन गांउ हो । यस गांउमा नरसिंह भगवानको मठ १३५ वर्ष पहिला हुनु आफैमा लामो इतिहास देखाउन्छ । नेपाल र भारतमा समेत प्रसिद्ध पिपरा मठको विशेषता भनेको एकै थलोमा देवालय, औषधालय, पुस्तकालय र विद्यालय हुनु हो । यस्तो विशेषता रच्ने काम नेपालमा केवल पिपरा मठले गरेको हो ।”

वीरगंज नगरको आधुनिक स्वरुप रेखांकित हुनुभन्दा अगाडिदेखि हिन्दुहरुको धार्मिक स्थलको रुपमा रहेको पिपरा गाउँको मठ एक आराध्यस्थल रहेको अध्यक्ष कुर्मीले वताए । उनले यो सहर नबन्दै भारतीय तिर्थयात्रुहरू पशुपति नाथ, मुक्तिनाथ र देवघाट जस्ता धार्मिक स्थलमा तीर्थाटनको लागि आउँदा पिपरा मठ विश्रामस्थलको रुपमा रहेकाे वताए । 

उनका अनुसार पिपरा मठमा दुई पटक विश्व हिन्दु सम्मेलन भएको छ । यसले गर्दा पिपरा मठ विश्वभरिका हिंदूहरूमा परिचित र प्रणम्य रहेको विदित नै छ । विश्व हिन्दू सम्मेलनको स्थायी चिनारीको रूपमा स्तूप र सरोबर निर्माण गरिएको छ, जो आज पनि विद्यमान छ । मठमा नरसिंह भगवानको भव्य एवं दिव्य प्रतिमा छ।

यो मठको इतिहास निकै पुरानो रहेपनि यो मठ पछिल्ला दशकमा ओझलमा प-यो । त्यसैले पिपरा गाउँ यस विरासतको संरक्षण र पुनर्निर्माणका लागि मन्दिर संरक्षण समिति सक्रिय भएको छ ।

पहिला पिपरा मठकाे ३० विगहा जग्गा थियाे तर अहिले आएर ९ विगहामा सिमित भएकाे छ । साे ९ विगहा जग्गा पनि गुठि संस्थाले विभिन्न व्यक्तिहरुले लिजमा दिएकाे समितिले जनाएकाे छ । 

समितिका अध्यक्ष कुर्मीकाे अध्यक्षता र हिन्दु परिषद नेपालका अध्यक्ष संताेषानन्द महाराजकाे प्रमुख आतिथ्यतामा भएकाे पत्रकार सम्मेलनमा मन्दिर संरक्षण समितिका उपाध्यक्ष गजेन्द्र प्रसाद कुर्मी, सह सचिव जयमंगल कापर केवट, काेषाध्यक्ष श्याम कुमार प्रसाद कुर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...