Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वीरगंजमा श्री नृसिंह भगवानको शोभा यात्रा तथा महाआरती हुने

spot_img
spot_img

वीरगंज । वीरगंजमा श्री नृसिंह भगवानको शोभा यात्रा तथा महाआरती हुने भएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ पिपरामा रहेकाे श्री नृसिंह भगवान पिपरामठ मन्दिर संरक्षण समितिले बैशाख २१ गते बिहिबार शाेभा यात्रा र महाआरतीकाे आयाेजना गर्न लागेकाे हाे ।

समितिले मंगलबार मन्दिर परिसर मै पत्रकार सम्मेलनकाे आयाेजना गरी आयाेजना गर्न लागेकाे शोभा यात्रा तथा महाआरती बारे जानकारी गराएकाे हाे । पत्रकार सम्मेलनमा वाेल्दै मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रबेश प्रसाद कुर्मीले १३५ बर्ष पुराेनाे मन्दिरलाई संरक्षण प्रबर्धनकाे लागि शाेभा यात्रा तथा महाआरती आयाेजना गर्न लागिएकाे वताए ।

श्री नृसिंह भगवानको जन्म उत्सवकाे अवसरमा विहिबार विहान ६:३० बजेदेखि मन्दिर परिसरबाट निस्कने शाेभा यात्रा नगर परिक्रमा पश्चात सम्पन्न हुने र पुन: विहिबार सांझ ७ बजे मन्दिर परिसर मै महाआरती हुने अध्यक्ष कुर्मीले वताए ।

उनले भने “पिपरा एक प्राचीन गांउ हो । यस गांउमा नरसिंह भगवानको मठ १३५ वर्ष पहिला हुनु आफैमा लामो इतिहास देखाउन्छ । नेपाल र भारतमा समेत प्रसिद्ध पिपरा मठको विशेषता भनेको एकै थलोमा देवालय, औषधालय, पुस्तकालय र विद्यालय हुनु हो । यस्तो विशेषता रच्ने काम नेपालमा केवल पिपरा मठले गरेको हो ।”

वीरगंज नगरको आधुनिक स्वरुप रेखांकित हुनुभन्दा अगाडिदेखि हिन्दुहरुको धार्मिक स्थलको रुपमा रहेको पिपरा गाउँको मठ एक आराध्यस्थल रहेको अध्यक्ष कुर्मीले वताए । उनले यो सहर नबन्दै भारतीय तिर्थयात्रुहरू पशुपति नाथ, मुक्तिनाथ र देवघाट जस्ता धार्मिक स्थलमा तीर्थाटनको लागि आउँदा पिपरा मठ विश्रामस्थलको रुपमा रहेकाे वताए । 

उनका अनुसार पिपरा मठमा दुई पटक विश्व हिन्दु सम्मेलन भएको छ । यसले गर्दा पिपरा मठ विश्वभरिका हिंदूहरूमा परिचित र प्रणम्य रहेको विदित नै छ । विश्व हिन्दू सम्मेलनको स्थायी चिनारीको रूपमा स्तूप र सरोबर निर्माण गरिएको छ, जो आज पनि विद्यमान छ । मठमा नरसिंह भगवानको भव्य एवं दिव्य प्रतिमा छ।

यो मठको इतिहास निकै पुरानो रहेपनि यो मठ पछिल्ला दशकमा ओझलमा प-यो । त्यसैले पिपरा गाउँ यस विरासतको संरक्षण र पुनर्निर्माणका लागि मन्दिर संरक्षण समिति सक्रिय भएको छ ।

पहिला पिपरा मठकाे ३० विगहा जग्गा थियाे तर अहिले आएर ९ विगहामा सिमित भएकाे छ । साे ९ विगहा जग्गा पनि गुठि संस्थाले विभिन्न व्यक्तिहरुले लिजमा दिएकाे समितिले जनाएकाे छ । 

समितिका अध्यक्ष कुर्मीकाे अध्यक्षता र हिन्दु परिषद नेपालका अध्यक्ष संताेषानन्द महाराजकाे प्रमुख आतिथ्यतामा भएकाे पत्रकार सम्मेलनमा मन्दिर संरक्षण समितिका उपाध्यक्ष गजेन्द्र प्रसाद कुर्मी, सह सचिव जयमंगल कापर केवट, काेषाध्यक्ष श्याम कुमार प्रसाद कुर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...