Date
आइत, अशोज ४, २०८३
Sun, September 20, 2026

श्रमिक दिवसकाे अवसरमा आरोग्यः वृहत निःशुल्क स्वास्थ्य शिविर

spot_img
spot_img

वीरगंज । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजित आरोग्यः वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामुदायिक संस्था सानो पाइलाको आयोजना, राउण्ड टेबल नेपालको प्रायोजन र ईम्प्रुभिङ्ग वीरगञ्जसँगको सहकार्यमा वीरगञ्जस्थित माईस्थान पार्कमा आयोजित स्वास्थ्य शिविर सम्पन्न भएको हो । 

शिविरमा पेट तथा लिभर रोग विशेषज्ञ डा. राकेश कुमार झा, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. अस्मिता उपाध्याय द्विवेदी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. रन्जन कुमार झा, फिजिसियन डा. सरोज रोशन दास, दन्त रोग विशेषज्ञ डा. राजेश स्वर्णकार र मेडिकल अफिसर डा. भुनेश कुमार बादल लगायतका विशेषज्ञ चिकित्सकहरुको टोलिले उपचार सेवा प्रवाह गरेका थिए ।

शिविरबाट १ सय ८१ जना बिरामीहरुले चिकित्सकीय परार्मश लिएकाे सानाे पाइलाले जनाएकाे छ । सानाे पाइलाका अनुसार शिविरमा नसर्ने रोगका बिरामीहरु सबभन्दा बढी सहभागि भएका थिए । शिविरमा सहभागि सबै बिरामीहरुलाई चिकित्सकीय परामर्शसँगै औषधी समेत व्यवस्थापन गरिएको थियो ।

नेशनल हेल्थकेयरको सहयोगबाट प्राप्त हुन आएको औषधीहरु बिरामीहरुलाई निःशुल्क रुपमा बाँडिएको थियो । शिविरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका विद्यार्थीहरुको प्राविधीक सहयोग रहेको थियो ।

हाम्रो समुदायको ठूलो हिस्सा अहिले पनि स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर छ । सहज सेवा प्रवाह नहुँदा कतिपयले आफ्नो स्वास्थ्यप्रति पर्याप्त चासो दिन सकिरहेका छैनन् । कयौंले आर्थिक अवस्था कमजोर हुँदा आफ्नो स्वास्थ्यको ख्याल राख्न सकेका छैनन्। यो अवस्थाबाट यहाँको समुदाय पनि अछुतो छैन । यसै अवस्थालाई मध्यनजर गर्दै आरोग्यः वृहत स्वास्थ्य शिविर आयोजना गरिएकाे सानाे पाइलाले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ । यस कार्यक्रममा संस्करणहरु जिल्लाका ग्रामीण भेगमा पनि सञ्चालन गरिने योजना रहेकाे सानाे पाइलाद्वारा जारि विज्ञप्तीमा उल्लेख छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...

२०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाल विजयी

काठमाडौँ । जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ । नेपालले आज क्लासिफिकेसन खेलमा कीर्गिस्तानविरुद्ध ३–० को सोझो...