Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

व्यावहारिक शिक्षण सम्बन्धी तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । लिटिल बड्डी इन्टरनेशनल प्रिस्कुलद्वारा आयोजित ३ दिने व्यावहारिक शिक्षण सम्बन्धी तालिम सम्पन्न भएको छ । पूर्व प्राथमिक र प्राथमिक तहको पठनपाठन पुस्तक भन्दा पनि सामग्रीमा आधारित हुनुपर्छ भन्ने अभिप्रायका साथ आयोजना गरिएको तालिम बिहिवार सम्पन्न भएको हो ।

मङ्गलवारदेखि सुरु भएको सामग्रीमा आधारित शिक्षण तालिम लिटिल बड्ठी इन्टरनेशनल प्रिस्कुल वीरगंजका प्रबन्ध निर्देशक बिजय कुमार बलको अध्यक्षतामा सम्पन्न भएको हो ।

तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि यस्ता तालिमहरु जरुरी रहेको बताए । पूर्व प्राथमिक तहका बालबालिकालाई पनि कापी कलम लिएर घोकाएर पढाउने प्रवृतिले शिक्षाको विकास नहुने हुँदा संग्रौलाले सिकाईमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यक्ता औँल्याए ।

वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईले बालबालिकाहरुलाई खेलाउँदै सिकाउँदै गर्नका लागि शिक्षकहरु पनि तालिम लिनुपर्ने बताए । अरु विद्यालयले पनि यस्ता तालिम आयोजना गर्नुपर्ने चौगाईको भनाई छ ।

तालिमको समापन समारोहमा प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तव, प्याब्सन वीरगंज महानगरका कोषाध्यक्ष सुरज बाबु पटेल, प्रकाश कर्ण लगायतको उपस्थिती रहेको थियो । तालिमको समापन समारोहको सहजीकरण लिटिल बड्डी इन्टरनेशनल प्रिस्कुल वीरगंज एकेडेमीकी प्रमुख एञ्जीला क्षेत्रीले गरेकी थिइन् ।

तालिममा लिटिल बड्डी इन्टरनेशनल प्रिस्कुल, माउण्ट मकालु मावि, साउथ जोन मावि, मिनिल्याण्ड मावि, डल्फिन एकेडेमी लगायतका विद्यालयका ३० जना शिक्षकहरु तालिममा सहभागीता रहेको थियो । सहभागीहरुलाई व्यावहारिक एवम् सामग्रीमा आधारित शिक्षणका सम्बन्धमा झापाकी पूजा संग्रौला मरासिनीले प्रशिक्षण दिएकी थिइन्

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...